प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मसीही नैतिकता सिक्नुहोस्‌ र सिकाउनुहोस्‌
    प्रहरीधरहरा—२००२ | जून १५
    • १३. (क) बाइबलले हामीलाई नैतिकताबारे कस्तो मदत प्रदान गर्छ? (ख) पहिलो थिस्सलोनिकी ४:३-७ मा दिइएको सल्लाहको सार बताउनुहोस्‌।

      १३ नैतिकताले अरू मानिसहरूलाई पनि असर गर्छ। परमेश्‍वरको वचनमा दिइएका उदाहरणहरूबाट परमेश्‍वरका नैतिक स्तरहरू लागू गर्नुको महत्त्व र ती लागू नगर्दा हुने नतिजाहरू थाह पाउन सक्छौं। (उत्पत्ति ३९:१-९, २१; यहोशू ७:१-२५) अनि तपाईंले नैतिकतासम्बन्धी यस्ता सुस्पष्ट सल्लाहहरू पनि पाउन सक्नुहुन्छ: “परमेश्‍वरको इच्छा, अर्थात्‌ तिमीहरूको पवित्रतानै यही हो, कि व्यभिचारबाट अलग बस। तिमीहरूमा हरेकले आफ्ना आफ्ना पात्रलाई पवित्रता र इज्जतमा कसरी आफैले ग्रहण गर्नुपर्छ, सो जान। परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिहरूको जस्तो कुइच्छाको कामनामा होइन। यस कुरामा कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी नगरोस्‌। . . . किनकि परमेश्‍वरले हामीलाई अशुद्ध हुनालाई होइन, तर पवित्र हुनालाई बोलाउनुभयो।”—१ थिस्सलोनिकी ४:३-७.

      १४. पहिलो थिस्सलोनिकी ४:३-७ मा दिइएको सल्लाहको सन्दर्भमा तपाईं आफैलाई कस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ?

      १४ उक्‍त विवरणबाट सबैले बुझ्न सक्ने कुरा हो, यौन अनैतिकताले मसीही नैतिकता उल्लंघन गर्छ। यद्यपि, यसलाई अझ गहिरिएर बुझ्न सक्नुहुन्छ। कुनै-कुनै पदमा अझ गहन अध्ययन गरेर मनन गर्ने पक्षहरू हुन्छन्‌ र त्यसबाट थप अन्तर्दृष्टि पाउन सक्छौं। उदाहरणका लागि, पावलले व्यभिचार गर्दा “कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी” गर्न सक्छ भन्‍नुको अर्थ के हो भनी विचार गर्न सक्नुहुन्छ। यसमा भनिएको अपराध के हो र यस विवरणलाई राम्ररी बुझ्दा मसीही नैतिकतालाई कायमै राख्ने थप उत्प्रेरणा कसरी पाउन सक्छौं? त्यस्ता अध्ययनहरूबाट बुझेको थप ज्ञानले तपाईं अरूलाई सिकाउन र तिनीहरूलाई परमेश्‍वरको आदर गर्ने मदत दिन कसरी सक्षम हुन सक्नुहुन्छ?

  • मसीही नैतिकता सिक्नुहोस्‌ र सिकाउनुहोस्‌
    प्रहरीधरहरा—२००२ | जून १५
    • १६, १७. (क) तपाईंले १ थिस्सलोनिकी ४:६ मा उल्लेखित अधिकारबारे जानकारीमूलक टिप्पणीहरू कहाँ पाउन सक्नुहुन्छ? (ख) व्यभिचारले कुन तरिकामा अरूको अधिकारलाई हनन गर्न सक्छ?

      १६ उदाहरणस्वरूप माथि उद्धृत १ थिस्सलोनिकी ४:३-७ लाई लेऔं। अपराधबारे प्रश्‍न उठेको थियो। कसको विरुद्ध अपराध? कसरी अधिकार हनन हुन सक्छ? माथि उल्लेख गरिएको अध्ययन साधनहरू प्रयोग गरेर तपाईंले सम्भवतः यी पदहरू तथा पावलले उल्लेख गरेका अधिकारबारे समेत स्पष्ट पार्ने टिप्पणीहरू पाउन सक्नुहुन्छ। तपाईंले त्यस्तो टिप्पणीहरू इन्साइट अन द स्क्रिप्चर्स, खण्ड १, पृष्ठ ८६३-४; ट्रु पीस एण्ड सिक्योरिटी—हाउ क्यान यु फाइन्ड इट?, पृष्ठ १४५; द वाचटावर, नोभेम्बर १५, १९८९, पृष्ठ ३१ मा पाउन सक्नुहुन्छ।

      १७ तपाईंले ती साहित्यहरूबाट अध्ययन गर्नुभएपछि पावलका शब्दहरू कत्ति सत्य रहेछन्‌ भनी थाह पाउन सक्नुहुन्छ। व्यभिचारीले परमेश्‍वर विरुद्ध पाप गर्छ र रोगहरू निम्त्याउँछ। (१ कोरिन्थी ६:१८, १९; हिब्रू १३:४) व्यभिचारमा फसेका पुरुषले विभिन्‍न तरिकामा आफूले पाप गरेको स्त्रीको अधिकार हनन गर्छ। तिनको कारण उनको स्वच्छ नैतिक स्तर र सफा अन्तस्करण हुँदैन। उनी अविवाहित हुन्‌ भने कुमारीको रूपमा विवाह बन्धनमा बाँधिने अधिकार र उनको हुनेवाला पतिले उनीबाट त्यस्तो आशा गर्ने अधिकार तिनले हनन गर्छन्‌। तिनले त्यस स्त्रीको आमाबाबु र विवाहित हुन्‌ भने श्रीमान्‌को चित्त दुखाउँछन्‌। अनैतिक व्यक्‍तिले आफ्नै परिवारको स्वच्छ नैतिक रेकर्डलाई भताभुंग पार्छ। तिनी मसीही मण्डलीका सदस्य हुन्‌ भने मण्डलीको बदनाम गर्छन्‌।—१ कोरिन्थी ५:१.

      १८. मसीही नैतिकताबारे बाइबल अध्ययनबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ?

      १८ के अधिकारबारे त्यस्ता टिप्पणीहरूले कुनै पदको गहन अर्थ बुझ्न मदत गरेन र? त्यस्तो प्रकारको अध्ययन साँच्चै मूल्यवान्‌ हुन्छ। तपाईंले अध्ययनलाई अघि बढाउनुहुँदा आफूले पनि सिकिरहनुभएको हुन्छ। सत्यबारे तपाईंको समझ र परमेश्‍वरको सन्देशले पार्ने प्रभाव तपाईंमा अझ प्रगाढ हुनेछ। जस्तोसुकै प्रलोभनहरूको सामना गर्नुपरे तापनि मसीही नैतिकतालाई पक्रिराख्ने तपाईंको कटिबद्धता बलियो हुनेछ। अनि तपाईं शिक्षकको हैसियतमा अझ कत्ति प्रभावकारी हुन सक्नुहुन्छ, विचार गर्नुहोस्‌! उदाहरणका लागि, तपाईंले अरूलाई बाइबल सत्य सिकाउनुहुँदा १ थिस्सलोनिकी ४:३-७ बारे अन्तर्दृष्टि प्रदान गर्न सक्नुहुन्छ, जसले गर्दा तिनीहरूको मसीही नैतिकताबारे समझ र मूल्यांकन बढ्‌नेछ। यसरी तपाईंको अध्ययनले तपाईं अनि अरू थुप्रैलाई परमेश्‍वरको आदर गर्न मदत गर्न सक्छ। अनि यहाँ हामीले पावलले थिस्सलोनिकीहरूलाई लेखेको पत्रको एउटा उदाहरण मात्र छलफल गरेका छौं। मसीही नैतिकताका अन्य थुप्रै पक्षहरू छन्‌, त्यस्तै शिक्षाप्रद बाइबल उदाहरण तथा सल्लाहहरू छन्‌ र ती तपाईंले अध्ययन गरेर व्यवहारमा उतार्न तथा अरूलाई सिकाउन प्रयोग गर्न सक्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने