बाइबलमा पाइने अनमोल धन | २ थिस्सलोनिकी १-३
कुकर्मी पुरुष प्रकट हुन्छ
पावलले कसलाई वा केलाई सङ्केत गर्न यी पदका कुराहरू भनेका हुन्?
“प्रकट होस्” (पद ६)—प्रेषितहरूको मृत्यु भएलगत्तै धर्मत्यागीहरूले झूटो शिक्षा सिकाउन थाले र कपटपूर्ण व्यवहार गर्न थाले
‘रोकिराखेको कुरा’ (पद ६)—सायद प्रेषितहरू
“त्यसको कुकर्म एउटा रहस्य हो” (पद ७)—पावलको समयमा त्यो “कुकर्मी पुरुष” स्पष्टसित चिनिएको थिएन
“त्यो कुकर्मी पुरुष” (पद ८)—आज यसले चर्चजगत्को पादरीवर्गलाई बुझाउँछ
“प्रभु येसुले आफ्नो उपस्थिति जाहेर गर्ने बेला [त्यो कुकर्मी पुरुषलाई] . . . नाश गर्नुहुनेछ” (पद ८)—येसुले आफू स्वर्गमा राजा भएको कुरा “त्यो कुकर्मी पुरुष” र सैतानको संसारमाथि यहोवाको न्यायदण्ड कार्यान्वयन गरेर प्रकट गर्नुहुनेछ
यी पदहरूले तपाईँलाई कसरी जोस र तत्परताका साथ प्रचार गर्न प्रोत्साहन दिन्छ?