-
आफूले सिकेका कुराहरू व्यवहारमा उतार्नुहोस्प्रहरीधरहरा—२००२ | सेप्टेम्बर १५
-
-
“दन्त्यकथाहरू[तिर]” मन नलगाउनुहोस्
८. (क) आज शैतानले कसरी हाम्रो विश्वास तोड्ने कोसिस गर्छ? (ख) दोस्रो तिमोथी ४:३, ४ मा पावलको कस्तो चेताउनी पाइन्छ?
८ हामीलाई सिकाइएको कुरामा शंकाको बीउ रोपेर शैतानले हाम्रो निष्ठा भंग गर्न खोज्छ। आज, प्रथम शताब्दीमा जस्तै धर्मत्यागीहरू तथा अरूले निर्दोषहरूको विश्वास तोड्न खोज्छन्। (गलाती २:४; ५:७, ८) कहिलेकाहीं तिनीहरूले यहोवाका जनहरूको तौरतरिका तथा मनसायबारे गलत जानकारी वा सरासर झूटो कुरा फैलाउन सञ्चार माध्यमको सहारा लिन्छन्। पावलले कोही-कोही विश्वासबाट तर्किनेछन् भनी चेताउनी दिए। तिनले यस्तो लेखे: “यस्तो समय आउनेछ, जब तिनीहरू पक्का सिद्धान्तलाई नसहने हुनेछन्, तर आफ्ना अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूको थप्रो लगाउनेछन्, र जे सुन्नलाई तिनीहरूको कान उत्सुक बन्छ त्यही मात्र सुन्नेछन्, र सत्यतर्फबाट कान फर्काएर दन्त्यकथाहरूतिर लाग्नेछन्।”—२ तिमोथी ४:३, ४.
९. “दन्त्यकथाहरू” भनेर उल्लेख गर्दा पावलको मनमा कुन कुरा थियो?
९ पक्का सिद्धान्तहरू पक्रिराख्नुको सट्टा कसै-कसैलाई “दन्त्य कथाहरू” सुन्ने चासो जाग्यो। ती दन्त्यकथाहरू के थिए? सम्भवतः पावलको मनमा तोबिट जस्तो अप्रमाणित पुस्तकहरूमा पाइने काल्पनिक कथाहरू हुन सक्छन्।a दन्त्यकथाहरूमा सनसनीपूर्ण र अनुमानित हल्लाहरू पनि समावेश हुन सक्छन्। अनि “आफ्ना अभिलाषाअनुसारको शिक्षा दिने” कोही-कोही परमेश्वरका स्तरहरूप्रति टेढो विचार राख्नेहरू वा मण्डलीमा नेतृत्व लिनेहरूप्रति आलोचक भएकाहरूको बहकाउमा परेका हुन सक्छन्। (३ यूहन्ना ९, १०; यहूदा ४) ठेस पुऱ्याउने कुराहरू जस्तोसुकै भए तापनि कोही-कोही परमेश्वरको वचनका सत्य कुराहरूभन्दा झूटा कुराहरू रुचाउँथे। चाँडै तिनीहरूले सिकेको कुरा व्यवहारमा उतार्न छोडे जसले तिनीहरूको आफ्नै आध्यात्मिकतालाई हानि पुऱ्यायो।—२ पत्रुस ३:१५, १६.
१०. आधुनिक समयका दन्त्यकथाहरू के हुन् र सावधान हुनुपर्ने कुरालाई यूहन्नाले कसरी प्रकाश पारे?
१० आफूले सुन्ने र पढ्ने कुराहरू राम्ररी केलाएर छान्यौं भने हामी दन्त्यकथाहरूतिर आकर्षित हुनबाट जोगिनेछौं। उदाहरणका लागि, सञ्चार माध्यमले अक्सर अनैतिक आचरणको गुणगान गर्छ। आज थुप्रै मानिसहरूले अज्ञेयवाद वा नास्तिकवादलाई प्रोत्साहित गर्छन्। बाइबलका आलोचकहरू बाइबल ईश्वर प्रेरित हो भन्ने कुराको खिसी गर्छन्। अनि आधुनिक समयका धर्मत्यागीहरूले मसीहीहरूको विश्वास भंग गर्न शंकाका बीउहरू रोप्ने दाउ खोजिरहन्छन्। प्रथम शताब्दीमा झूटा अगमवक्ताहरूले खडा गरेको खतराको सन्दर्भमा प्रेरित यूहन्नाले यस्तो चेताउनी दिए: “हे प्रिय हो, जुनसुकै आत्माको पत्यार नगर, तर परमेश्वरबाटका आत्माहरू हो कि होइन भनी जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्किआएका छन्।” (१ यूहन्ना ४:१) हो, हामी सावधान हुनु जरुरी छ।
११. हामी विश्वासमा छौं कि छैनौं भनी जाँच्ने एउटा तरिका के हो?
११ यस सन्दर्भमा पावलले यस्तो लेखे: “विश्वासमा छौ कि छैनौ भनी आफैले आफैलाई” जाँच। (२ कोरिन्थी १३:५) तिनले हामीलाई सम्पूर्ण मसीही विश्वासहरूसँग सहमत छौं या छैनौं भनी जाँचिरहन आग्रह गरे। गनगन गर्नेहरूको कुरा सुनेर तिनीहरूसँग सहमत हुने हाम्रो झुकाउ छ भने हामीले प्रार्थनापूर्वक आफूलाई जाँच्नुपर्छ। (भजन १३९:२३, २४) के हाम्रो प्रवृत्ति यहोवाका जनहरूको गल्ती कोट्याउने खालको छ? छ भने, त्यसो हुनुको कारण के हो? के तपाईंलाई कसैको बोली वा कार्यले चोट पुऱ्याएको छ? के हामीले कामकुरालाई सही दृष्टिकोणले हेरिरहेका छौं? हामीले यस दुष्ट रीतिरिवाजमा भोग्ने कुनै पनि कष्ट क्षणिक हो। (२ कोरिन्थी ४:१७) हामीले मण्डलीमा कुनै परीक्षा अनुभव गर्नुपरे तापनि किन हामीले परमेश्वरको सेवा गर्न छोड्ने? हामी केही कुराको कारण निराश भएका छौं भने, त्यसलाई समाधान गर्न आफूले सके जति गरेपछि सम्पूर्ण कुरा यहोवाको हातमा छोडिदिनु बेस होइन र?—भजन ४:४; हितोपदेश ३:५, ६; एफिसी ४:२६.
१२. बिरियावासीहरूले हाम्रोलागि कसरी राम्रो उदाहरण बसाले?
१२ आलोचनात्मक हुनुको साटो व्यक्तिगत अध्ययन र मण्डलीका सभाहरूमार्फत प्राप्त भएका जानकारीहरूबारे आध्यात्मिक तवरमा स्वस्थ दृष्टिकोण राखौं। (१ कोरिन्थी २:१४, १५) परमेश्वरको वचनमाथि शंका गर्नुको सट्टा धर्मशास्त्रका कुराहरू ठीक हुन् कि होइनन् भनी खोजी गर्ने प्रथम शाताब्दीका बिरियावासीहरूको जस्तै मनोवृत्ति राख्नु कत्ति बुद्धिमानी कुरा हो! (प्रेरित १७:१०, ११) अनि दन्त्यकथाहरूलाई तिरस्कार गर्दै सत्यलाई बलियो गरी पक्रेर आफूले सिकेकाहरू व्यवहारमा उतारौं।
१३. हामीले कसरी अनजानमै झूटा कुराहरू फैलाइरहेका हुन सक्छौं?
१३ हामी अर्को एक प्रकारको दन्त्यकथाबाट पनि जोगिएर बस्नुपर्छ। अक्सर इमेलमार्फत थुप्रै सनसनीपूर्ण अनुभवहरू प्राप्त हुन्छन्। विशेष गरी त्यस्ता कथाहरूको मूल स्रोतबारे हामीलाई थाह छैन भने होसियार हुनु बुद्धिमानी हुनेछ। कुनै अनुभव वा कथा राम्रै नाउँ चलेको मसीहीले पठाएको भए तापनि त्यस व्यक्तिलाई मूल स्रोतबाटै जानकारी प्राप्त नभएको हुन सक्छ। त्यसकारण घटनाको अपुष्ट जानकारीहरू अरूलाई भन्न वा पठाउनदेखि होसियार हुनुपर्छ। हामी निश्चय पनि “भक्तिहीन मिथ्या” वा ‘अशुद्ध दन्त्यकथाहरू’ दोहोऱ्याउन चाँहदैनौं। (१ तिमोथी ४:७; न्यु इन्टरनेसनल भर्सन) आपसमा साँचो बोल्ने हाम्रो दायित्व पनि भएकोले अनजानमै झूटा कुराहरू फैलाउन सक्ने सम्भावनादेखि होसियार भयौं भने हामीले बुद्धिमानीपूर्वक कार्य गरिरहेका हुनेछौं।—एफिसी ४:२५.
-
-
आफूले सिकेका कुराहरू व्यवहारमा उतार्नुहोस्प्रहरीधरहरा—२००२ | सेप्टेम्बर १५
-
-
a सम्भवतः सा.यु.पू. तेस्रो शताब्दीमा लेखिएको तोबिटमा तोबियास नाउँ गरेको यहूदीको अन्धविश्वासले भरिपूर्ण कथा पनि समावेश थियो। भनिन्थ्यो, तिनीसित अजङ्गको माछाको मुटु, पित्ताशय र कलेजो चलाएर निको पार्ने र प्रेतहरू भगाउने शक्ति प्राप्त गर्ने क्षमता थियो।
-