तपाईंको विश्वास र अध्यात्मिक स्वास्थ्यलाई कायम राख्नुहोस्
“ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले म बाट जे सुनेका छौ, ती पक्का कुराहरूको नमूना पक्रीराख।”—२ तिमोथी १:१३
१. राम्रो शारीरिक स्वास्थ्य चाहिं, स्याहार-संभार गर्ने योग्य मूल्यवान सम्पत्ति किन हो?
राम्रो शारीरिक स्वास्थ्य एउटा अमूल्य सम्पत्ति हो। यदि हामी स्वस्थ छौं भने, हामी धेरै कुराहरू गर्न सक्छौं र जीवनमा बढी आनन्द उठाउन सक्छौं। यदि हामी दिर्घरोगी अथवा अशक्त छौं, भने जीवन अझ संकटमय हुन्छ। अवश्य पनि, स्वास्थ्यलाई कायम राख्नै पर्छ। धेरैले आफ्नो स्वास्थ्यको वास्तै गर्दैनन्, अन्यथा ती कुराहरू गर्छन जस्ले रोग ल्याउँछ। तर, जसले आफ्नो स्वास्थ्यको राम्ररी हेर विचार गर्छन, तिनीहरू आफ्नो जीवन कालमा प्राय स्वस्थ रहन्छन र बलिया हुन्छन।
२. (क) शारीरिक स्वास्थ्य भन्दा अध्यात्मिक स्वास्थ्य किन मूल्यवान हुन्छ? (ख) विश्वासमा स्वास्थ रहनको निमित्त के को आवश्यकता पर्छ?
२ शारीरिक स्वास्थ्य भन्दा अध्यात्मिक स्वास्थ्य धेरै महत्वपूर्ण छ। सबै भन्दा राम्रो शारीरिक स्वास्थ्यले परमेश्वरको अनन्त जीवन को वरदान ल्याउनु सक्दैन। चोखो उपासना र ठीक ज्ञान माथि आघारित विश्वासले राम्रो अध्यात्मिक स्वास्थ्य बन्दछ। (यूहन्ना १७:३; हिब्रू ११:६; याकूब १:२६) प्रेरित पावलले भन्नु भयोः “बृद्ध पनि परहेजी, गम्भीर, आत्मसंयमी, विश्वास, प्रेम र धीरजमा पक्का होऊन।” (तितस २:२) जजसले विश्वासलाई स्वस्थ्य राखने इच्छा गर्छन्, तिनीहरू प्रयास र मिहेनत गरेरे संधै सतर्क रहनु पर्छ। अध्यात्मिक स्वास्थ्यलाई आघात पार्ने चुनौतीहरू हामी भित्रबाट अथवा बाहिरबाट पनि आउँन सक्छ। यदि हामी आफ्नो विश्वासलाई र अध्यात्मिक स्वास्थ्यलाई यस रोगी संसारबाट जोगाएर राख्न चाहन्छौं भने, हामी यस्ता धम्कीबाट सतर्क रहनु पर्छ।
यो संसार कत्तिको रोगी छ?
३, ४. आजको संसारमा र मानिसको कार्यहरूमा नैतिक बिमारी कसरी झल्किन्छ?
३ यो संसार नैतिक रूपमा धेरैनै रोगी छ भन्ने कुरामा कुनै शंका छैन। हामी यो संसारका प्रत्येक “अंगहरूमा” डरलाग्दो रोग देखिरहेका छौं—यसको धर्महरू, यसको राजनैतिक प्रणाली, यसको व्यापारिक संघसंस्था, यसको मनोरञ्जन। थोरै मानव जातिलाई परमेश्वरको अनि उहाँले दिनु भएको कानून प्रति आदर भावना छ। र इतिहासले देखाए अनुसार, नैतिक पतनले शारीरिक रोग र समस्याहरूतर्फ निरन्तर वृद्धि गराउँछ। तर व्यङ्गको कुरो, धेरैले यो रोगी नैतिक अवस्थाको उपचार गर्न चाहंदैनन् किनभने तिनीहरू ती चिजहरूलाई प्रेमगर्छन् जसले त्यो रोग ल्याउँछ।
४ यो संसार कत्ति रोगी छ! रोमाञ्चको खोजीमा वा वास्ताविकता बाट भाग्न खोज्दा, धेरैले आफ्नो जीवनलाई जाँड-रक्सीले र लागू पदार्थ द्वारा बर्बाद गरेका छन। हिंसा जताततै छ, जीवनको केही मोल छैन, र झ्यालखानाहरू अपराधीहरूले टम्म भरिएका छन्। संसारका धेरै देशहरूमा आधा जसो विहे, पारपाचुकेमा टुङ्गिन्छ। बालकहरू आमा-बाबुको देख-रेख नपाएर बाल-अपराधी भएर हुर्किन्छन्। लैंगिक अपराध व्याप्त भएकोले एड्स र अरू यौनिक रोगहरू तिव्रता साथ फैलिरहेको छ।
५. प्राचीन यहूदाको अवस्थाको बयान यशैयाले कसरी गरे?
५ परमेश्वरले यो विरामी संसारवारे त्यो कुरो भन्नु सक्नु भयो जुन कुरो हठी यहूदाको वंशलाई उहाँले यशैयालाई प्रेरित गराई भन्नु लगाउनु भयोः “हाय, पापिष्ट जाति, अधर्मले लादिएका मानिसहरू, दुष्ट काम गर्नेहरूको वंश, भ्रष्ट चाल चल्ने सन्तान। तिनीहरूले यहोवालाई त्यागेका छन्, तिनीहरूले इस्राएलको पवित्र यहोवाको निन्दा गरेका छन्, तिनीहरू विराना भएर पछि हटेका छन। तिमीहरू किन अझै पिटिन्छौ, र किन झन वागी बनि रहन्छौं? सारा शिर दुःखेको छ, र सारा ह्रदय हैरान भएको छ। शिरदेखि पैतालासम्मै चोट नभएको कहीं छैन।”—यशैया १:४-६.
६. प्राचीन यहूदियामा र हाम्रो दिनमा, असल काम गर भन्ने यहोवाको अव्हान प्रति के प्रतिउत्तर भएको छ?
६ पश्चताप गर्ने यहोवाको आह्वान र “असल गर्न सिक”, भन्ने आग्रह यहूदामा प्राय बेवास्ता गरियो। (यशैया १:१६-२०) यसले अन्तमा यरूशलेमको विनाश र बेबिलोनमा यहूदालाई बन्दी हुन पुऱ्यायो। रोगी राज्यको बीचमा थोरै विश्वासीहरूले मात्र परमेश्वरको आशिष् र वहाँको रक्षाको आनन्द लिन पाए। त्यसै गरि आज, शिर देखि पैताला सम्मै रोगी भएको संसारमा, थोरैले मात्र असलगर्न सिक्ने इच्छा राख्छन। यहोवाका ती विश्वासी दासहरूले प्रतिज्ञा गरेको नयाँ संसारमा शारीरिक तनदुरूस्ती र अनन्त जीवन प्राप्तगर्ने आशा राखेर, आज विश्वास र अध्यात्मिक स्वस्थता कायम राख्न मिहनेत साथ प्रयास गरिरहेका छन—२ पत्रुस ३:१३; प्रकाश २१:१-४.
यो रोगी संसारमा अध्यात्मिक खतरा
७. (क) कुन खतराहरूले हाम्रो विश्वास र अध्यात्मिक स्वास्थ्यलाई जोखिममा पार्छ? (ख) अध्यात्मिक स्वास्थ्यलाई खतरा पुऱ्याउने तीनवटा मुख्य तत्वहरूको सामनागर्ने बारे शास्त्रहरू के भन्दछ?
७ यो संसारको नैतिक रोग सरूवा भएकोले विश्वास र अध्यात्मिक स्वास्थ्य कायम राख्न ठूलो चूनौती छ। साथै, मसीहीहरूलाई आफ्नै वंशानुगत असिद्धता संग संघर्ष पनि गर्नुपर्दछ। (रोमी ७:२१-२५) यस बाहेक, शैतान, “यस संसारको शासक” हाम्रो शारीरिक कमजोरी जान्दछ र प्रलोभ- नको गुरू हो। (यूहन्ना १४:३०; १ यूहन्ना ५:१९) विश्वास अनि अध्यात्मिकतालाई खतरामा पार्ने यी तीन मुख्य खतराहरू—यो शरीर, संसार र शैतान—जण्ड छन्। यद्यपि, हामीहरू संसारमा बसे तापिन “यस संसारको भागी” नहुनु संभव छ। इश्वरीय मद्त द्वारा ‘आत्माको भरमा हिंडेर शरीरको लालसा कुनै किसिमले’ हामीहरूलाई पूरा गर्नु पर्नेछैन।’ र इश्वरीय मद्त द्वारा शैतानका युक्तिहरूका विरूद्धमा खडा हुनु” सक्ने छौं। (यूहन्ना १७:१५, १६; गलाती ५:१६; एफिसी ६:११; २ कोरिन्थी २:११) तर अब हामी विचार गरौं, विश्वास र अध्यात्मिक स्वास्थ्यलाई खतरा पुऱ्याँउने यी तिनवटा डरलाग्दा तत्वहरू को सामना हामी कसरी गर्नसक्छौं।
८. अध्यात्मिक स्वास्थ्यको विरूद्ध कामगर्ने शक्तिको विवरण येशूले कसरी दिनु हुन्छ?
८ हाम्रै असिद्ध मानव प्रवृति भित्र यसता शक्तिहरू छन जसको परिणाम पाप हुन्छ र त्यसले हामीहरूलाई अध्यात्मिक रोगी बनाउँछ। (याकूब १:१४, १५) यो खास गरेर हाम्रो लाक्षणिक ह्रदयको लागि साँचो हो। येशूले भन्नु भयोः “भित्रबाट, अर्थात मानिसका ह्रदयबाट, खराब विचार, व्यभिचार, चोरी, हत्या, वेश्यागमन, लोभ, दुष्टता, ठगी, लुच्चेइँ, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता। यी सबै कामहरू भित्रबाट निस्कन्छन् र मानिसलाई अशुद्ध पार्दछन्।”—मर्कूस ७:२१-२३.
९. (क) हाम्रो लाक्षणिक ह्रदयभित्र कस्ता अभिलाषाहरू गडेको हुन्छन? (ख) हितोपदेश ४:२०-२३ अनुसार, आफ्नो ह्रदयलाई हामीले कसरी सुरक्षित राख्न सक्छौं?
९ यद्यपि ह्रदय सबै खराबीपनाको मुहान हो, तापनि धर्मी मानिसमा यो यहोवा प्रति आदर र ठीक कुराको प्रेम को आसन पनि हो। (मत्ती २२:३७; एफिसी ४:२०-२४) हामीमा खराबी र असल, जुनसुकै प्रबल हुने कुरो चाहिं, हामीले ह्रदयमा लिने कुरो माथि निर्भर पर्छ। परमेश्वरको वचनले सल्लाह दिन्छः “हे मेरो छोरो, मेरो वचनमा ध्यान दे, मेरा कुरामा कान थाप। ती तेरो मनबाट उम्केर जान नदे, ती तेरो ह्रदयमा लिइ राख। किनभने त्यसलाई पाउनेको निम्ति त्यो जीवन हो, र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो ह्रदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो।”—हितोपदेश ४:२०-२३.
१०. हाम्रो भावना र अभिलाषाहरू माथि शारीरिक कमजोरीले के असर पार्छ?
१० हाम्रो शारीरिक कमजोरीले हाम्रा भावना र अभिलाषा माथि असर पार्छ। समय समयमा अधीर, हतोत्साह, अधैर्य र रिस द्वारा पीडित न हुने को छ र? यदि हामीले तुरून्तै यस्ता शारीरिक झुकावहरूलाई सुधाऱ्यौं भने, अघ्यात्मिक स्वस्थ्य कायम राख्न सकिन्छ। तर, घमण्ड र आकांक्षाले चाहिं जरो तुरून्तै गाडछ्। लोभ, अत्याधिक सुख-विलासको र मोज मज्जाको इच्छाले ठाँउ लिन सक्छ। र लैंगिक इच्छा, परमेश्वरले हामीलाई यस्तै नै बनाउनु भएको ले यो स्वभाविक भए तापनि, यसले थाहा नपाईकन हामीलाई भट्काउन सक्छ। हामीमा यी अध्यात्मिक रोगहरू फस्टाउँन रोक्नको निमित्त, हामीले आफैंलाई “जून कुरो खराब छ त्यसलाई घृणा” गर्न र “जुन कुरो असल छ, त्यसमा लागि” रहने प्रशिक्षण दिंदै, आफ्नो जीवनमा प्रत्येक दिन परमेश्वरको आत्माको फलको खेतीगर्न आवश्यक छ।”—रोमी १२:९; गलाती ५:२२, २३.
अध्यात्मिक रोगहरूका बाहिरी श्रोतहरू
११. (क) के कस्ता सांसारिक मनोवृति र कार्यहरू सरूवा हुन्छन? (ख) येशू अनुसार, कुन संदर्भमा हामीले आफ्नो ह्रदयमाथि ध्यान दिनु आवश्यक छ?
११ बाहिरबाट पनि अध्यात्मिक रोग सर्न सक्छ। अध्यात्मिक मरेकाहरूबाट यो सर्न सक्छ। (एफिसी २:१-३) यदि हामी उनीहरू संग धेरै नजिक छौं भने, तिनीहरूको प्रवृति र जीवन शैली हामीले टिप्न सक्छौं। निस्फिक्री भई अघि सर्नु, पैसाको प्रेम, भौतिकतामा सबै भन्दा असलको आनन्द उठाउनु, र रमाईलो गर्नु, यो संसारका मानिसहरूको निम्ति महान कुरो हो। तर यस्ता कुराहरूको अभिलाषा ज्यादै सरूवा हुन्छन्, र ती संग सिमित सम्पर्कले पनि हामीलाई अध्यात्मिक सुस्त बनाई दिन्छ। येशूले चेतावनी दिनु भयोः “तिमीहरू चाहिं आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्, औ त्यो दिन तिमीहरू माथि एक्कासि पासोझैं आइपर्ला। किनकि यसरीनै सारा पृथ्वीको सतहमा रहनेहरू माथि यो आइपर्नेछ।”—लूका २१:३४, ३५.
१२. खराब विचार र शिक्षाहरू अध्यात्मिक स्वास्थ्यको लागि कसरी खतरनाक हुनसक्छन?
१२ यो संसारको गलत विचारधारा र शिक्षा पनि हामीमा सर्न सक्छ। पावलले चेतावनी दिएः “यस्तो समय आउने छ, जब तिनीहरू पक्का सिद्धान्तलाई नसहने हुनेछन्। तर आफ्ना अभिलाषा अनुसारको शिक्षा दिने शिक्षकहरूको थुप्रो लगाउनेछन्, जे सुन्नलाई तिनीहरूको कान उत्सुक बन्छ त्यही मात्र सुन्नेछन्, र सत्यतर्फबाट कान फर्काएर दन्त्यकथाहरू तिर लाग्नेछन्।” (२ तिमोथी ४:३, ४) गलत शिक्षा मासु सडने रोग जस्तै हो। (२ तिमोथी २:१६, १७) जब यो सर्छ, तपाईंको शरीरको त्यो भागबाट जीवनदायक रक्त काटिनाले त्यो भाग मरेर जान्छ।
१३. मासु सडने रोग जस्तै यदि अध्यात्मिक रोग सरेको छ भने के गर्नुपर्छ?
१३ मासु सड्ने रोग कत्ति चाँडै फैलिन्छ! मृत्युबाट बच्नको लागि, चिकित्सकले त्यो अंगलाई काटेर फाल्नु पनि पर्छ होला। यसकारण, यदि शंका, गनगन अर्थात धर्मत्याग जस्ता अध्यात्मिक संक्रमणले तपाईंलाई अध्यात्मिक तवरमा भ्रष्टपार्न खोज्छ भने, त्यसलाई काटि हाल्नु होस्! (तुलना गर्नुहोस् मत्ती ५:२९, ३०) मण्डलीमा प्राचीनहरूबाट मद्त लिनु होस्। पावलले वर्णन गरेका ती व्यक्तिहरू जस्ता नहुनु होस्, जसले “पक्का वचनहरू” को पालन नगरेको हुनाले तिनीहरूलाई “सवाल र वाद-विवाद गर्ने मानसिक रोग लागेको हुन्छ।”—१ तिमोथी ६:३, ४न्यू. व.
१४. मण्डलीको अध्यात्मिक स्वास्थ्यलाई जोगाउनको निम्ति प्रचीनहरूले के गर्न सक्छन?
१४ मण्डलीको अध्यात्मिक स्वास्थ्यलाई कायम राख्नको निम्ति, प्राचिनहरू “विश्वासयोग्य वचनमा दृढ रहेर, पक्का सिद्धान्तले अर्ती दिने र फटाहाहरूलाई दोषी ठराउने दुवै” गर्नुपर्छ। (तितस १:९, १३, १६; २:१) हुनसक्छ, यस्ता व्यक्तिहरूलाई अध्यात्मिकता मा पुनःस्थापित गर्न सकिन्छ। (२ तिमोथी २:२३-२६) तर तिनीहरू अपश्चतापी भएर गलत शिक्षाहरूलाई बढाई रहे भने नी? तब, यसको फल, तिनीहरूलाई छेकबार गर्नुपर्छ। तिनीहरूलाई वहिष्कार गर्नुपर्छ र तिनीहरूको अध्यात्मिक रोग हामीलाई नसरोस भनेर हामीहरू अलग रहनू पऱ्यो।—रोमी १६:१७, १८; १ कोरिन्थी ५:९-१३; तितस ३:९-११.
१५. परमेश्वरका जनहरूको अध्यात्मिक स्वास्थ्यलाई कम गर्न, शैतानले कुन कुन दुई मुख्य उपायहरू प्रयोग गरेको छ?
१५ विश्वास र अध्यात्मिक स्वास्थ्यलाई हानी पुऱ्याउँने तेस्रो श्रोत हो शैतान। (एफिसी ६:११, १२) आज हाम्रै दिनमा, उसले यहोवाका साक्षीहरूको विश्वासलाई कमजोर तुल्याउन विभिन्न सतावटहरू, साथै हुल-प्रहार, पिटाई, जेल र मृत्युको धम्की दिने कोशिश गर्छ। (प्रकाश २:१०) शैतानले यी युक्तीहरू द्वारा यहोवाका साक्षीको समग्रतालाई कमै तोडन सक्ने हुनाले, कसै-कसैको पतनगर्ने प्रयासमा उसले यो संसारको आकर्षणलाई प्रयोगगर्छ, जो संसारको देव हुन्।—२ कोरिन्थी ४:४; ११:३, १४.
१६. हाम्रो विश्वास र अध्यात्मिक स्वास्थ्य माथि शैतानको आक्रमणबाट जोगिनु के सुरक्षात्मक प्रबन्ध छन्?
१६ शैतानको आक्रमणको सामना हामी कसरी गर्नसक्छौं? परमेश्वरको सबै अध्यात्मिक हात-हतियार धारण गरेर। खास गरेर ‘विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्ने हुनेछौ’ जुन शैतानले हामी माथि हान्छ। साथै हामीले येशूको शब्दहरूको संस्वरतामा प्रार्थना गर्नुपर्छः “हामीलाई परिक्षामा नल्याउनुहोस्, तर दुष्टबाट बचाउनुहोस्।” (एफिसी ६:११-१८; मत्ती ६:१३) यदि हामीले यसप्रकार प्रार्थना, र सोहि अनुसार काम गऱ्यौं भने, हाम्रो स्वर्गीय पिताले शैतानका सबै अग्नी वाणहरू निभाएर हाम्रो मद्त गर्नुहुनेछ भन्ने आशा राख्न सक्छौं।
विश्वासमा स्वस्थ्य रहनु
१७. अध्यात्मिक स्वास्थ्यको देखभाल गर्नको लागि, “ठीक ठीक समयमा आहार” र मसीही कार्यकलापमा नियमित भाग लिन कत्तिको महत्वपूर्ण छ?
१७ शारीरिक स्वास्थ्य कायम राख्न, रोकथाम एउटा ठूलो तथ्य हो। पौष्टिक आहार, उचित व्यायाम, र शरीर अनि दिमागको सामान्य हेर-विचार आवश्यक हुन। स्वस्थ्य शरीरमा रोगसँग लडनसक्ने बढी क्षमता हुन्छ। यसै प्रकारले, अध्यात्मिक स्वास्थ्यलाई कायम राख्न, परमेश्वरले तोक्नु भएको खुराक अनुसार चल्न र “बुद्धिमान र विश्वासी दासहरू” ले “ठीक ठीक समयमा” उपलब्ध गराएका पौष्टिक अध्यात्मिक आहारको मूल्याङ्कन गर्न आवश्यक छ। यो संसारको अध्यात्मिक रद्दी आहारलाई त्यागेर, हामीले अवश्यनै बाइबल र मसीही प्रकाशनहरूको अध्ययन र परमेश्वरको जनहरू संग नियमित भेटघाट गरिरहनु पर्छ। (मत्ती २४:४५-४७; हिब्रू १०:२४, २५) साथै, सेवकाई र अरू मसीही क्रिया कलापहरूबाट “प्रभुको काममा प्रशस्त हुँदा”, त्यसको फलस्वरूप भएको व्यायाम हामीले पाउनु आवश्यक छ।—१ कोरिन्थी १५:५८.
१८. “पक्का कुराहरूको नमूना” के हो, अनि यसलाई हामीले ह्रदय अनि मनमा किन राख्नु पर्छ?
१८ विश्वासमा स्वस्थ रहनको लागि, परमेश्वरको अध्यात्मिक प्रबन्धको पूर्ण लाभ उठाउनु होस्। पावलले तिमोथीलाई भनेझैं: “ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले मबाट जे सुनेको छौ, ती पक्का कुराहरूको नमूना पक्री राख। तिमीलाई सुम्पिएको उत्तम नासोलाई हामीमा बासगर्ने पवित्र आत्माद्वारा सुरक्षित राख।” (२ तिमोथी १:१३, १४) भाषामा शब्दहरूको आकृति-चित्र हुन्छ। त्यसै गरी बाइबल सत्यको “शुद्ध भाषा” मा पनि आकृति-चित्र छ, जो मुख्यत राज्यद्वारा यहोवा दोष मुक्तहुने विषय माथि आधारित छ। (सपन्याह ३:९) यदि हामीलाई आफ्नो विश्वास र अध्यात्मिक स्वास्थ्यलाई कायम राख्नु छ भने, हामीले यो स्वस्थ्य वचनको आकृति- चित्रलाई आफ्नो ह्रदय र मनमा राख्नु पर्छ। नत्रता, यसको महत्व हाम्रो निमित्य फिका हुनेछ। प्रत्यक्षतः, यो घटना कोरिन्थीको मण्डलीमा पनि घटेको थियो, जहाँ अध्यात्मिक समझको कमीले कोही-कोही कमजोरी र रोगी” थिए।—१ कोरिन्थी ११:२९-३२.
१९. (क) यदि अध्यात्मिक रोग लागेको छ भने, के गर्नु पर्छ? (ख) यदि कुनै व्यक्तिलाई अध्यात्मिक रोग लागेको छ भने, प्राचीनहरूले के गर्न सक्छन?
१९ यदि तपाईंलाई अध्यात्मिक रोग लाग्यो भने के गर्नुपर्छ? प्रेमपूर्ण मद्त अवश्यनै चाहिंन्छ र त्यो उपलब्ध पनि छ, किनकि याकूब भन्छन्: “के तिमीहरू मध्ये कोही बिरामी छ? त्यसले मण्डलीको धर्म-गुरूहरूलाई बोलाओस्, र तिनीहरूले यहोवाको नाउँमा त्यसलाई तेल घसेर त्यसको विषयमा प्रार्थना गरून्।” (याकूब ५:१४) हो, प्राचीनहरूलाई बोलाउँनु होस्। अध्यात्मिक रोगको चिकित्सकको रूपमा, अध्यात्मिक बिरामीको जरो पत्ता लगाउँन तिनीहरूले तपाईंलाई मद्त पुऱ्याउने छन। परमेश्वरको वचनको निकोपार्ने तेल लिएर तिनीहरूले विस्तारै, तर प्रभावकारी ढंगमा तपाईंलाई मालिस गरी दिने छन। यदि तपाईंले पापगर्नु भयो तर पश्चातापी हुनु हुन्छौ भने, ढुक्क हुनुहोस् कि यहोवाले अवश्य माफ गर्नुहुन्छ। (भजनसंग्रह १०३:८-१४) जसै प्राचीनहरू तपाईं सँग र तपाईंको निम्ति प्रार्थना गर्नेछन, त्यहाँ के आशागर्न सकिन्छ? याकूब जवाफ दिन्छन: “औ विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र यहोवाले त्यसलाई उठाउनु हुनेछ, र यदि त्यसले पापै गरेको भए पनि, त्यसलाई क्षमा हुनेछ।”—याकूब ५: १५.
अध्यात्मिक स्वास्थ्यले अनन्त जीवनतर्फ लैजान्छ
२०. (क) अध्यात्मिक स्वास्थ्यको देखभाल गर्नको निमित्त पहिलो शताब्दीका शासकीय वर्गले के सल्लाह दिए? (ख) जसै हामी नयाँ संसारको आशिष्हरूको प्रतिक्षा गऱ्छौं हामीलाई के ले मद्त दिनेछ?
२० “तिमीहरूको सुस्वास्थ्यको शुभकामना!” (न्यू. व) यी शब्दहरूका साथ, पहिलो शताब्दीका यहोवाका जनहरूको शासक वर्गले मसीहीलाई चाहिने “जरूरतका कुराहरू” उल्लेख गरेर आफ्नो पत्र बन्द गरे। तिनीहरूलाई “मूर्तिहरूलाई बलि चढाएको प्रसाद, रगत, गला अँठ्याएर मारेको जन्तुको मासु र व्यभिचारबाट अलग रहिरहनु” पर्ने थियो। (प्रेरित १५:२८, २९. न्यू. .व.) राम्रो अध्यात्मिक स्वास्थ्यको त्यो विधि अझ पनि जायज छ। र जसै हामी नयाँ संसारमा आशिषको प्रतिक्षा गर्छौं, यो रोगी संसारमा उत्साही भएर राज्यको सुसमाचारको प्रचार र यहोवाको नाम उँचा पाऱ्युँ भने, हामीले आफ्नो विश्वास र अध्यात्मिक स्वास्थ्य कायम राख्न सक्नेछौं। यस प्रकार आफूलाई व्यस्त राख्दा, हाम्रो यति नजिक आएको नयाँ संसारको आशिष् प्रति अधीरजी हुने छैनौं। साँचो हो, कि “आशा स्थगित हुँदा मन मर्छ, तर इच्छा पूर्ण हुँदा जीवनको रूख बन्दछ।”—हितोपदेश १३:१२. न्यू. .व
२१. यो रोगी संसारमा अध्यात्मिक स्वास्थ्य र विश्वासलाई सफलतापूर्वक जोगाई राख्नेहरूको निम्ति के आशिषहरू राखिएका छन?
२१ यहोवालाई प्रेमगर्ने मानिसहरूको लागि उहाँले प्रबन्ध गरी दिनु भएको महान आशिष्लाई न गुमाउनुहोस्। संसारको प्रभावहरूको विरोध, असिद्ध शरीरको कमजोरी विरूद्ध लडाई, र शैतानको सबै बल्दै गरेको अग्निवाणहरूलाई उल्टाउने काम व्यर्थै जाने छैनन्। यहोवाको नयाँ प्रबन्घमा, तपाईंले आफ्नै आँखाले त्यो समय देख्नु हुनेछ जब कुनै “बासिन्दाहरूले ‘म बिरामी परें’ भन्ने छैनन।” (यशैयाह ३३:२४) यो साँचो हो, किनकि येशू मसीह, जसले “हामीहरूका कमजोरी लिनुभयो, र रोगहरू बोक्नु भयो”, परमेश्वरले उहाँ मार्फत छुडौतिको बलिदानको प्रबन्ध गर्नुभयो। (मत्ती ८:१७; यशैया ५३:४) तपाईं लाक्षणिक नदीबाट “जीवनको पानी” पिउन र “जीवनको रूख” को पात खान सक्नु हुँनेछ जुन पातले “जाति जातिका मानिसहरूलाई निको पार्ने” छ। (प्रकाश २२:१, २) यस रोगी संसारमा तपाइँले विश्वास र अध्यात्मिक स्वास्थ्य कायम राख्नु भएको इनाम चाहिं सिद्धता र खुशीमा अनन्त जीवन हुनेछ। (w89 10/1)
के तपाईंलाई याद छ?
◻ शरीरमा स्वास्थ रहनु भन्दा विश्वासमा स्वस्थ रहनु किन बढी महत्वपूर्ण छ?
◻ अध्यात्मिक स्वास्थ्य र विश्वासलाई खतरामा पार्ने मुख्य तीन कुराहरू के के हुन?
◻ राम्रो अध्यात्मिक स्वास्थ्यको लाक्षणिक ह्रदयसंग के संबन्ध रहन्छ?
◻ यदि कसैलाई अध्यात्मिक रोग छ भने, के गरिनु पर्नेछ?
[पृष्ठ २४-मा भएको चित्र]
यस रोगी संसारमा पनि, बलियो विश्वास र राम्रो अध्यात्मिक स्वास्थ्य राख्नु संभव छ
[पृष्ठ २६-मा भएको चित्र]
जोशिलो मसीही कार्यकलाप र ठीक समयमा अध्यात्मिक आहार नियमित खाएर, राम्रो अध्यात्मिक स्वास्थ्य राख्न सकिन्छ