-
आशा गरिएका कुराहरूमा विश्वास बलियो बनाउनुहोस्प्रहरीधरहरा—२०१६ | अक्टोबर
-
-
२ सैतानको संसारको भाग भएकाहरूले पनि भविष्यको आशा राख्छन्। तर आफूले राखेको आशा पूरा होला कि नहोला भनेर शङ्का गर्छन्। उदाहरणको लागि, लाखौं जुवाडेहरूले कुनै दिन ठूलो धनराशि भएको चिट्ठा जित्ने सपना देख्छन्। तर जित्छ नै भन्ने आशाचाहिं गर्न सक्दैनन्। अर्कोतर्फ, साँचो विश्वास भनेको हामी ख्रीष्टियनहरूले ‘आशा गरेका कुराहरू पक्कै पूरा हुनेछन् भनेर पर्खनु’ हो। (हिब्रू ११:१) तर तपाईंलाई लाग्न सक्छ, आफूले आशा गरेका कुराहरूबारे हामी कसरी अझै पक्का हुन सक्छौं? अनि आफूले आशा गरेका कुराहरूमा बलियो विश्वास राख्दा कस्ता फाइदा हुन्छन्?
३. परमेश्वरका प्रतिज्ञाहरू अवश्य पूरा हुनेछन् भनेर हामी किन विश्वास गर्छौं?
३ विश्वास, त्रुटिपूर्ण मानिसहरूसित जन्मजात हुने गुण होइन। अनि यो गुण स्वतः विकास हुने कुरा पनि होइन। परमेश्वरको कुरा सुन्न उत्सुक मानिसहरूको मनमा उहाँको पवित्र शक्तिले काम गर्न थालेपछि विश्वास जाग्छ। (गला. ५:२२) बाइबलमा यहोवासित विश्वास छ वा उहाँलाई विश्वास चाहिन्छ भनिएको छैन। यहोवा सर्वशक्तिमान् हुनुहुन्छ अनि सबैभन्दा बुद्धिमान् हुनुहुन्छ। त्यसैले आफ्ना उद्देश्यहरू पूरा गर्न उहाँलाई कुनै कुराले रोक्न सक्दैन। स्वर्गमा बस्नुहुने हाम्रो बुबा आफ्ना प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन् भनेर ढुक्क हुनुहुन्छ। भनौं भने, उहाँको नजरमा ती पूरा भएसरह छन्। त्यसैले उहाँ भन्नुहुन्छ “यी वचनहरू पूरा भइसकेका छन्!” (प्रकाश २१:३-६ पढ्नुहोस्) यहोवा “विश्वासयोग्य परमेश्वर” हुनुहुन्छ र आफ्ना सबै प्रतिज्ञा पूरा गर्नुहुन्छ। यसकारण हामी आफूले आशा गरेका कुराहरूमा विश्वास गर्छौं।—व्यव. ७:९.
पहिले-पहिलेका विश्वासी मानिसहरूबाट सिकौं
४. येशूको समयभन्दा अघिका विश्वासी पुरुष तथा स्त्रीले कस्तो आशा राखेका थिए?
४ हिब्रू अध्याय ११ मा १६ जना विश्वासी पुरुष र स्त्रीको सूची दिइएको छ। परमेश्वरको प्रेरणा पाएर हिब्रूको पुस्तकका लेखकले “विश्वासैले गर्दा . . . आफ्नो विषयमा राम्रो साक्षी” पाएका अरू थुप्रै व्यक्तिहरूबारे पनि बताए। (हिब्रू ११:३९) तिनीहरू सबै जना परमेश्वरले प्रतिज्ञा गर्नुभएको “सन्तान”-लाई पर्खिरहेका थिए। (उत्प. ३:१५) त्यस सन्तानले शैतानले गरेको विद्रोहको नामोनिसान मेटाउनेछ र यहोवाले सुरुमा राख्नुभएको उद्देश्य पूरा गर्नेछ भनेर तिनीहरूलाई थाह थियो। यो प्रतिज्ञा “पक्कै पूरा हुनेछ” भनेर तिनीहरूलाई कुनै शङ्का थिएन। ती विश्वासी पुरुष तथा स्त्रीले मरेपछि स्वर्गमा पुनर्जीवित हुने आशा गरेका थिएनन्। किनभने प्रतिज्ञा गरिएको “वंश” अर्थात् येशू ख्रीष्टले स्वर्गमा जाने बाटो खोलिसक्नुभएको थिएन। (गला. ३:१६) परमेश्वरले पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउने प्रतिज्ञा गर्नुभएको छ र त्यहाँ त्रुटिरहित मानिसहरू बस्नेछन्। त्यस सुन्दर पृथ्वीमा ती विश्वासी पुरुष र स्त्रीहरू पुनर्जीवित हुनेछन्।—भज. ३७:११; यशै. २६:१९; होशे १३:१४.
-
-
आशा गरिएका कुराहरूमा विश्वास बलियो बनाउनुहोस्प्रहरीधरहरा—२०१६ | अक्टोबर
-
-
७. हाम्रो विश्वास बलियो बनाउन यहोवाले कस्ता मायालु प्रबन्धहरू गर्नुभएको छ? अनि हामीले के गर्नुपर्छ?
७ हामीले आफ्नो विश्वास बलियो बनाएको यहोवा चाहनुहुन्छ। त्यसैले हामीलाई माया गरेर उहाँले सिङ्गो बाइबल दिनुभएको छ। “धन्य” अर्थात् खुसी हुन र “सफल” बन्न हामीले नियमित रूपमा परमेश्वरको वचन पढ्नुपर्छ, सम्भव भएसम्म दिनहुँ पढ्नुपर्छ। (भज. १:१-३; प्रेषित १७:११ पढ्नुहोस्) हामीले पनि येशूको समयभन्दा अघिका यहोवाका उपासकहरूले जस्तै उहाँका प्रतिज्ञाहरूमा मनन गरिरहनुपर्छ र उहाँको आज्ञा पालन गर्नुपर्छ। यहोवाले हामीलाई “विश्वासी र बुद्धिमान् दास” मार्फत प्रचुर मात्रामा आध्यात्मिक भोजन दिइरहनुभएको छ। (मत्ती २४:४५) पहिले-पहिलेका विश्वासी पुरुष तथा स्त्रीहरू परमेश्वरको राज्यले प्रतिज्ञा गरेका कुराहरू ‘पक्कै पूरा हुनेछन्’ भनेर ढुक्क थिए। त्यसरी नै परमेश्वरले प्रबन्ध गर्नुभएको आध्यात्मिक भोजन नियमित रूपमा लिइरह्यौं भने हामी पनि ढुक्क हुनेछौं।
-