-
मोशाको विश्वास अनुकरण गर्नुहोस्प्रहरीधरहरा—२०१४ | अप्रिल १५
-
-
१, २. (क) मोशा ४० वर्षको हुँदा तिनले कस्तो निर्णय गरे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्) (ख) मोशाले किन परमेश्वरका जनहरूसितै दुर्व्यवहार भोग्न रोजे?
मिश्रमा पाइने सुविधाहरूबारे मोशालाई राम्ररी थाह थियो। तिनले धनीहरूको भव्य महल देखेका थिए। तिनी राज घरानामा हुर्केका थिए। साहित्य, इतिहास र भाषासित सम्बन्धित विषयलगायत खगोलविद्या, गणितजस्ता “मिश्रीहरूको सारा विद्यामा मोशा निपुण” थिए। (प्रेषि. ७:२२) मोशाले पाएको धन-दौलत, शक्ति र ओहदा त्यतिबेलाका सामान्य मिश्रीहरूका लागि ‘आकाशको फल आँखा तरी मर्’ भनेझैं थियो।
२ तर मोशा ४० वर्षको हुँदा तिनले गरेको निर्णय देखेर तिनलाई हुर्काउने मिश्री राज घराना पनि छक्कै परेको हुनुपर्छ। तिनले त्यतिबेलाका “साधारण” मिश्रीहरूको जीवनशैलीसमेत रोजेनन्। बरु दासहरूसितै जीवन बिताउन रोजे। किन? विश्वासको कारण। (हिब्रू ११:२४-२६ पढ्नुहोस्) विश्वासले गर्दा मोशाले आफू वरपरको संसारभन्दा अझ टाढाको कुरा देखे। आध्यात्मिक व्यक्ति भएकोले तिनी “अदृश्य परमेश्वर”-मा र उहाँका प्रतिज्ञाहरूमा विश्वास गर्थे।—हिब्रू ११:२७.
-
-
मोशाको विश्वास अनुकरण गर्नुहोस्प्रहरीधरहरा—२०१४ | अप्रिल १५
-
-
६. (क) मोशाले किन “मिश्रका राजाकी छोरीको छोरा कहलाइन इन्कार गरे”? (ख) मोशाले गरेको निर्णय सही थियो जस्तो तपाईंलाई किन लाग्छ?
६ मोशाको विश्वासले तिनलाई पेसा छान्ने विषयमा पनि मदत गऱ्यो। “विश्वासैले गर्दा मोशाले आफू हुर्किएपछि मिश्रका राजाकी छोरीको छोरा कहलाइन इन्कार गरे।” (हिब्रू ११:२४) मोशाले यस्तो तर्क गरेनन्, ‘राज परिवारको सदस्यको रूपमा परमेश्वरको सेवा गर्छु अनि धनसम्पत्ति र ओहदा इस्राएली दाजुभाइलाई मदत गर्न प्रयोग गर्छु।’ बरु मोशा सम्पूर्ण मनले, सम्पूर्ण प्राणले र सम्पूर्ण शक्तिले यहोवालाई प्रेम गर्न दृढ थिए। (व्यव. ६:५) मोशाको निर्णयले तिनलाई विभिन्न कष्टबाट जोगायो। मिश्र छोड्दा तिनले त्यहाँका धनसम्पत्तिहरू छोडेर आएका थिए। तर पछि इस्राएलीहरूले मिश्रका धनसम्पत्ति लुटे! (प्रस्थ. १२:३५, ३६) फिरऊनले अपमान भोग्नुपऱ्यो र उनी मारिए। (भज. १३६:१५) तर मोशालाई बचाइयो र इस्राएल राष्ट्रलाई सुरक्षितसाथ डोऱ्याउन परमेश्वरले तिनलाई नै प्रयोग गर्नुभयो। तिनको जीवन साँच्चै अर्थपूर्ण थियो।
-