प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बाइबलले काम र रुपैयाँ-पैसाबारे के भन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • २. रुपैयाँ-पैसाप्रति सन्तुलित दृष्टिकोण राख्नु भनेको के हो?

      हुनत बाइबलले “रुपैयाँ-पैसाले सुरक्षा दिन्छ” भनेर बताउँछ तर त्यसले मात्र हामीलाई आनन्दित बनाउन सक्दैन भनेर पनि सजग गराउँछ। (उपदेशक ७:१२) त्यसैले रुपैयाँ-पैसालाई प्रेम नगर्न बरु “अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट” हुन प्रोत्साहन दिइएको छ। (हिब्रू १३:५ पढ्‌नुहोस्‌।) हामी आफूसित भएका कुराहरूमा सन्तुष्ट भयौँ भने अझ धेरै धनसम्पत्ति थुपार्ने चाहनाले गर्दा निराश हुनेछैनौँ। साथै हामीले अनावश्‍यक ऋणको भार बोक्नुपर्दैन। (हितोपदेश २२:७) त्यति मात्र होइन, हामी जुवा खेल्ने र रातारात धनी हुने प्रलोभनहरूमा पर्नदेखि जोगिन्छौँ।

  • बाइबलले काम र रुपैयाँ-पैसाबारे के भन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ५. आफूसित भएका कुराहरूमा सन्तुष्ट हुँदा हाम्रै फाइदा हुन्छ

      प्रायजसो मानिस धेरैभन्दा धेरै रुपैयाँ-पैसा कमाउन लागिपर्छन्‌। तर बाइबलको सल्लाह भने फरक छ। पहिलो तिमोथि ६:६-८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • बाइबलले हामीलाई के गर्न प्रोत्साहन दिन्छ?

      हामीसित भौतिक कुराहरू थोरै भए तापनि हामी आनन्दित हुन सक्छौँ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: “अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट” हुनुहोस्‌ (३:२०)

      • यी परिवारहरूसित थोरै रुपैयाँ-पैसा भए तापनि तिनीहरू किन आनन्दित छन्‌?

      हामीसित प्रशस्तै रुपैयाँ-पैसा छ तर अझ धेरै थुपार्न चाहन्छौँ भने नि? येसुले यस्तो मनोवृत्ति कत्ति खतरनाक छ भनेर बुझाउन एउटा उदाहरण बताउनुभयो। लुका १२:१५-२१ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • येसुले बताउनुभएको उदाहरणबाट तपाईँले के सिक्नुभयो? —पद १५ हेर्नुहोस्‌।

      हितोपदेश १०:२२ र १ तिमोथि ६:१० पढ्‌नुहोस्‌ अनि तुलना गर्नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • तपाईँको विचारमा यहोवासितको मित्रता र रुपैयाँ-पैसामध्ये कुनचाहिँ महत्त्वपूर्ण छ? किन?

      • रुपैयाँ-पैसाको पछि लाग्दा के-कस्ता समस्या आइपर्छन्‌?

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने