प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ‘जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूलाई सम्झ’
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
    • ‘अगुवाइ लिइरहेकाहरूलाई सम्झनुपर्छ,’ किन?

      ९ ‘अगुवाइ लिइरहेकाहरूलाई सम्झनुपर्ने’ अनि तिनीहरूमाथि भरोसा गर्नुपर्ने थुप्रै कारण छन्‌। यसो गर्दा किन हाम्रै फाइदा हुन्छ? प्रेषित पावलले यस्तो लेखे: “परमेश्‍वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्‌। तिनीहरूले यो काम खुसीसाथ गरून्‌, सुस्केरा हाल्दै होइन नत्र त त्यो तिमीहरूका लागि हानिकारक हुनेछ।” (हिब्रू १३:१७) अगुवाइ लिइरहेकाहरूले दिने निर्देशन पालन गर्नु र तिनीहरूको अधीनमा बस्नु जरुरी छ किनभने तिनीहरूले हाम्रै आध्यात्मिक हित र सुरक्षाको लागि हाम्रो हेरचाह गरिरहेका छन्‌।

      १० प्रेषित पावलले १ कोरिन्थी १६:१४ मा यस्तो लेखे: “तिमीहरूबीच सबै काम प्रेमपूर्वक होस्‌।” विश्‍वासी दासले परमेश्‍वरका मानिसहरूका लागि गर्ने निर्णयहरू प्रेममा आधारित हुन्छ। प्रेमबारे १ कोरिन्थी १३:४-८ मा यस्तो लेखिएको छ: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन। यसले फुर्ती लगाउँदैन, यो घमन्डले फुल्दैन, यसले अभद्र व्यवहार गर्दैन, आफ्नै फाइदा खोज्दैन, यो आवेशमा आउँदैन। यसले खराबीको हिसाब राख्दैन। यो कुकर्ममा खुसी हुँदैन तर सत्यमा खुसी हुन्छ। यसले सबै कुरा खप्छ, सबै कुरा पत्यार गर्छ, सबै कुराको आशा गर्छ र सबै कुरा सहन्छ। प्रेम कहिल्यै अन्त हुँदैन।” विश्‍वासी दासले दिने निर्देशनहरू प्रेममा आधारित हुने भएकोले हामी यहोवाका सेवकहरू ढुक्क भएर ती निर्देशनहरू पालन गर्न सक्छौँ। यस्ता निर्देशनहरू यहोवा हामीलाई धेरै प्रेम गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण हो।

      अगुवाइ लिइरहेकाहरूको अधीनमा बस्नु जरुरी छ किनभने तिनीहरूले हाम्रै आध्यात्मिक हितको लागि हाम्रो हेरचाह गरिरहेका छन्‌

      ११ प्रथम शताब्दीमा जस्तै आज पनि यहोवाले आफ्ना जनहरूमाझ अगुवाइ लिन त्रुटिपूर्ण मानिसहरूलाई चलाउँदै हुनुहुन्छ। यहोवाले विगतमा पनि आफ्नो इच्छा पूरा गर्न त्रुटिपूर्ण मानिसहरूलाई चलाउनुभएको थियो। नुहले एउटा जहाज बनाएका थिए र जलप्रलयबारे मानिसहरूलाई प्रचार गरेका थिए। (उत्प. ६:१३, १४, २२; २ पत्रु. २:५) यहोवाले आफ्ना मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउन मोसालाई नियुक्‍त गर्नुभएको थियो। (प्रस्थ. ३:१०) बाइबल लेख्न उहाँले त्रुटिपूर्ण मानिसहरूलाई पवित्र शक्‍तिले प्रेरित गर्नुभएको थियो। (२ तिमो. ३:१६; २ पत्रु. १:२१) अहिले पनि प्रचार गर्ने र चेला बनाउने काममा अगुवाइ लिन यहोवाले त्रुटिपूर्ण मानिसहरू चलाउँदै हुनुहुन्छ। यसो भन्दैमा उहाँको सङ्‌गठनप्रति हाम्रो भरोसा कमजोर हुँदैन, बरु झन्‌ बलियो हुन्छ। किन? किनभने यहोवाको साथ नपाएको भए उहाँको सङ्‌गठनले अहिले जे-जति काम गरिरहेको छ, त्यो गर्न सक्दैन थियो। विश्‍वासी दासको वर्षौँको अनुभवले र यस दासले सामना गरेको थुप्रै कठिनाइले के देखाउँछ भने परमेश्‍वरको पवित्र शक्‍तिले यस दासलाई डोऱ्‍याउँदै छ। यहोवाले आफ्नो सङ्‌गठनको दृश्‍य भागलाई प्रशस्त आशिष्‌ दिनुभएको छ। त्यसैले हामी परमेश्‍वरको सङ्‌गठनमाथि पूरा भरोसा गर्छौँ र यसबाट आएका निर्देशनहरू पालन गर्छौँ।

  • ‘जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूलाई सम्झ’
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
    • १४ सङ्‌गठनले गरेका निर्णयहरूलाई समर्थन गरेर पनि हामी यस सङ्‌गठनमाथि भरोसा गरेको देखाउँछौँ। यसरी समर्थन गर्नुमा नम्र भई क्षेत्रीय निरीक्षक र एल्डरजस्ता जिम्मेवार भाइहरूको निर्देशन पालन गर्नु समावेश छ। यी भाइहरू पनि ‘अगुवाइ लिइरहेकाहरूमध्ये’ पर्छन्‌। त्यसैले हामी तिनीहरूप्रति आज्ञाकारी हुनुपर्छ र तिनीहरूको अधीनमा बस्नुपर्छ। (हिब्रू १३:७, १७) सङ्‌गठनले गरेको कुनै-कुनै निर्णयको पछाडि कस्तो कारण छ भनेर हामी बुझ्न सक्दैनौँ होला। तैपनि ती निर्णयहरूको समर्थन गर्दा हाम्रै भलो हुन्छ भनेर हामीलाई थाह छ। बाइबलको सिद्धान्तअनुसार चल्दा र यहोवाको सङ्‌गठनप्रति आज्ञाकारी हुँदा हामीले उहाँको आशिष्‌ पाउँछौँ। साथै हाम्रो मालिक येसु ख्रिष्टको अधीनमा बसेका छौँ भनेर पनि देखाइरहेका हुन्छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने