-
के तपाईं “परमेश्वरको विश्राममा” प्रवेश गर्नुभएको छ?प्रहरीधरहरा—२०११ | जुलाई १५
-
-
“परमेश्वरको वचन जीवित . . . छ”
२०. हिब्रू ४:१२ लाई कुन दुई तरिकामा बुझ्न सकिन्छ? (पादटिप्पणी हेर्नुहोस्)
२० पावलले हिब्रू ४:१२ मा “परमेश्वरको वचन जीवित . . . छ” भनेका छन्। तिनले त्यतिबेला परमेश्वरको लिखित वचन बाइबलबारे कुरा गरिरहेका थिएनन्।c हिब्रू अध्याय ४ को प्रसङ्गलाई विचार गर्ने हो भने पावलले यहोवाको प्रतिज्ञाबारे कुरा गरिरहेका थिए भन्न सक्छौं। तिनले यहोवाका प्रतिज्ञाहरू सधैं पूरा हुन्छन् भन्न खोजिरहेका थिए। यहोवाले आफ्नो प्रतिज्ञाबारे यशैयामार्फत पनि यही कुरा बताउनुभएको थियो। उहाँले यसो भन्नुभएको थियो: “मेरो वचन . . . मकहाँ व्यर्थै फर्कनेछैन, तर . . . जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।” (यशै. ५५:११) त्यसकारण कामकुरा आफूले चाहेजस्तो नहुँदा हामी धीरजी हुनुपर्छ। यहोवा आफ्नो उद्देश्य पूरा गर्न अहिले पनि “काम गर्दै हुनुहुन्छ” भनेर हामी पक्का हुन सक्छौं।—यूहन्ना ५:१७.
२१. “ठूलो भीड”-का थुप्रै वृद्ध सदस्यहरूलाई यहोवाको सेवा गरिरहन हिब्रू ४:१२ ले कसरी मदत गर्न सक्छ?
२१ “ठूलो भीड”-का थुप्रै वृद्ध सदस्यहरूले वर्षौंको दौडान वफादार भएर यहोवाको सेवा गरिरहेका छन्। (प्रका. ७:९) तिनीहरूमध्ये थुप्रैले आफू बूढा-बूढी हुनुअघि नै यस दुष्ट युगको विनाश भइसक्छ होला भन्ठानेका थिए। तैपनि तिनीहरू निराश भएका छैनन्। (भज. ९२:१४) “परमेश्वरको वचन जीवित . . . छ” र उहाँको उद्देश्य पूरा हुनेछ भनेर तिनीहरूलाई थाह छ। पृथ्वी र मानिसजातिको लागि आफूले राखेको उद्देश्य पूरा गर्न उहाँ अहिले पनि काम गर्दै हुनुहुन्छ भनेर पनि तिनीहरूलाई थाह छ। परमेश्वर आफूले राखेको उद्देश्यलाई एकदमै महत्त्वपूर्ण ठान्नुहुन्छ। यदि हामीले पनि उहाँको उद्देश्यलाई महत्त्वपूर्ण ठान्यौं भने उहाँ औधी खुसी हुनुहुनेछ। यो सातौं दिनको दौडान, यहोवालाई आफ्नो उद्देश्य पूरा गर्न कुनै पनि कुराले रोक्न सक्दैन। अनि आफ्ना जनहरूले सामूहिक रूपमा आफूलाई साथ दिनेछन् भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ। त्यसोभए के तपाईं यहोवाको विश्राममा प्रवेश गर्नुभएको छ?
-
-
के तपाईं “परमेश्वरको विश्राममा” प्रवेश गर्नुभएको छ?प्रहरीधरहरा—२०११ | जुलाई १५
-
-
c आज यहोवा हामीसँग बाइबलमार्फत बोल्नुहुन्छ। बाइबलले हाम्रो जीवन परिवर्तन गर्न सक्छ। त्यसकारण हिब्रू ४:१२ ले बाइबललाई पनि संकेत गर्छ।
-