विश्वासमा दह्रो रहनु होस्!
पत्रुसको पहिलो पत्रको विवरणिका
यहोवाका साक्षीहरूले अनेक प्रकारका परीक्षाहरू, वा तिनीहरूको विश्वासको जाँचको सामना गर्नु पर्दछ। केही देशहरूमा, तिनीहरूले राज्य-प्रचारको काम गर्दा धेरै तकलिफमा पर्दछन्। परमेश्वरसँगको तिनीहरूको सम्बन्ध बिगार्न यी र अन्यअरू प्रयासहरूका पछाड़ि शैतानको हाथ छ। तर त्यो सफल हुनेछैन किनभने यहोवाले उहाँका सेवकहरूलाई स्थिर— हो विश्वासमा दह्रो पार्नु हुन्छ।
“नाना किसिमका परीक्षाको तकलिफमा” परेका भाइहरूलाई ‘स्थिर गराउने’ सुअवसर प्रेरित पत्रुसले पाएका थिए। (लूका २२:३२; १ पत्रुस १:६, ७) बेबिलोनबाट ६२-६४ सी. ई. तीर तिनले लेखेको पहिलो पत्रमा तिनले यसो गरेका छन्। यसमा पत्रुसले यहूदी र अन्य जातिलाई शैतानको आक्रमणलाई सामना गर्न र “विश्वासमा दह्रो हुन” सल्लाह, सान्त्वना, र प्रोत्साहन दिए। (१ पत्रुस १:१, २; ५:८, ९) अब जबकि शैतानको समय कम छ र त्यसको आक्रमण पनि ईखालु भएको हुनाले, यहोवाका जनहरूले पत्रुसका प्रेरित शब्दहरूबाट निश्चयनै फायदा उठाउन सक्छन्।
ईश्वरीय सिद्धान्त अनुसारको रहनसहन
हाम्रो आशा स्वर्गीय वा पार्थिव जे भएता पनि, त्यसले हामीलाई परीक्षाहरूमा धैर्य धारण गर्ने र ईश्वरीय ढङ्ग अनुसार कार्य गर्ने मदद दिन सकोस्। (१:१–२:१२) स्वर्गमा साँचि राखेको हकको आशाले गर्दा अभिशिक्त जनहरू परीक्षाको तकलिफमा पर्दा पनि रमाउँछन्, जसले गर्दा तिनीहरूको विश्वास वास्तवमा परिष्कृत हुन्छ। ख्रीष्टको जगमा आत्मिक घर बनेको जस्तै तिनीहरू परमेश्वरमा ग्रहण हुने योग्य आत्मिक बलिदान चढ़ाउँछन् र आफ्नो असल कामबाट तिनीहरूले परमेश्वरको महिमा गर्छन्।
सबै मानिसहरूसँग हाम्रो व्यवहार ईश्वरीय सिद्धान्तबाट निर्देशित हुनु पर्छ। (२:१३–३:१२) हामीहरू मानव शासकका अधीन रहनु पर्छ भनेर पत्रुसले देखाएका छन्। कमाराहरू आफ्ना मालिकको र पत्नीहरू आफ्ना पतिहरूको अधीनमा बस्नु पर्दछ। एउटी मसीही पत्नीको ईश्वरीय चाल-चलनले गर्दा वचन नमान्ने तिनका पति विश्वास गर्ने हुन सक्छ। र एउटा विश्वासी पतिले ‘निर्बल पात्रलाई जस्तो आफ्नी पत्नीलाई आदर दिनु’ पर्छ। सबै मसीहीहरूले सहानुभूति देखाउनु, भातृ-प्रेम गर्नु, जे असल छ सो गर्नु, र शान्तिको पछिलाग्नु पर्छ।
धैर्यले आशिष ल्याउँछ
साँचो मसीहीले विश्वासपूर्वक दु:ख सहनाले आशिष ल्याउँने छ। (३:१३–४:१९) धर्मको खातिर हामीहरूले दु:ख भोग्नु पऱ्यो भने, हामीहरू धन्यका हौं (आनन्दित हुनु पर्दछ)। तथापि, हामीलाई परमेश्वरकहाँ ल्याउनलाई ख्रीष्ट शरीरमा मारिनु भएको हुनाले, हामीले पनि अब शरीरको अभिलाषामा जीवन बिताउँनु भएन। यदि हामीहरूले परीक्षाहरूलाई विश्वासीलो भएर सह्यों भने, ख्रीष्टको महिमा प्रकट हुँदाखेरीको हर्ष र आनन्दमा हामीहरू पनि सहभागी हुन सक्नेछौं। ख्रीष्टको नाउँको खातिर वा उहाँको चेला भएको हुनाले आइपर्ने दु:ख भोग्दा हामी आनन्दित हुनु पर्दछ किनभने यहोवाको आत्मा हामीमा छ भनेर यसले प्रमाण दिनेछ। परमेश्वरको इच्छा बमोजिम दु:ख भोग्नु पर्दा, भलाइ गर्दै आफ्ना आफ्ना प्राण उहाँलाई सुम्पिउँ
मसीहीहरूको हैसियतमा, हामीहरू आफ्नो कर्त्तव्य विश्वासपूर्वक निभाऔं र आफैलाई परमेश्वरको बलवान बाहुलीमनि नम्र तुल्याउँ (५:१-१४) धर्म-गुरुहरूले (प्राचीनहरूले) आफ्नो जिम्मामा रहेका परमेश्वरका बगालको गोठालो खुशीसाथ हुनु पर्दछ, र हामीहरू सबैले सारा फिक्री यहोवामाथि राखि दिनु पर्छ, किनकि उहाँले हाम्रो फिक्री गर्नु हुन्छ। दियाबलको बिरोध हामीहरूले गर्नु पर्छ र कहिले हतोत्साह हुनु हुँदैन, किनकि हाम्रा दाज्यू-भाइहरूले पनि यही कष्ट भोगिरहेका छन्। सँधै याद राख्नु होस्, यहोवा परमेश्वरले हामीहरूलाई स्थिर गराउनु हुनेछ र विश्वासमा सँधै दह्रो रहने बल दिनु हुनेछ। (W91 3/15)
[पृष्ठ ३०-मा भएको पेटी/चित्र]
स्त्रीहरूको सिंगार: मसीही स्त्रीहरूलाई सल्लाह दिंदै पत्रुसले भने: “तिमीहरूका सिंगार, कपाल बाट्ने, र सुनको गहना लाउने, अथवा किसिम किसिमको पोशाक लाउने, बाहिरी सिंगार नहोस्, तर नम्र र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस होस्, जो परमेश्वरको दृष्टिमा ठूलो मोलको हुन्छ।” (१ पत्रुस ३:३, ४) सी. ई. प्रथम शताब्दीमा, विधर्मी स्त्रीहरूले अक्सर परिपाठ लाएर कपाल कोर्थिए, आफ्नो लामो केशलाई भड़किलो ढ़ङ्गले बानगी बनाएर चूल्ठोमाथि सुनका गहनाहरू सजाउँथ्ये। सम्भवत:, तिनीहरू धेरैले जीवनको शेखीकालागि त्यसो गरेका होलान्—जुन कुरा मसीहीहरूका लागि असुहाउँदो थियो। (१ तिमोथी २:९, १०) तापनि, सबैनै सिंगार गलत होइन, किनकि पत्रुसले “किसिम किसिमको पोशाक लाउने” कुरालाई समावेश गरेर—यो एउटा आवश्यकता हो भनेको छ। प्राचीन समयका परमेश्वरका सेवकहरूले पनि गहनाहरूको प्रयोग गर्थिए। (उत्पत्ति २४:५३; प्रस्थान ३:२२; २ शमूएल १:२४; यर्मिया २:३२; लूका १५:२२) तथापि, मसीही स्त्रीहरूले बुद्धिमत्तापूर्वक भडकदार गहनाहरू र दामी पोशाकबाट अलग रहन्छन् र अनुहारको श्रृङ्गार गर्दा बेकायदाको नहोस् भनेर होशियार हुनु पर्छ। उसले बाहिरी सिंगार भन्दा भित्री सिंगारलाई महत्व दिनु पर्छ भन्ने कुरानै प्रेरितीय सल्लाहको मुख्य बुँदा हो। साँच्चैकै आकर्षक हुनकालागि, उसको पहिरन विनीत हुनु पर्दछ र परमेश्वरको भय मान्ने प्रवृत्तिको हुनु पर्दछ।—हितोपदेश ३१:३०; मीका ६:८.
[चित्रको स्रोत]
Israel Department of Antiquities and Museums; Israel Museum/David Harris