प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वरका प्रतिज्ञाहरूमाथि विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा—१९९३ | जुलाई १
    • ४. हाम्रो विश्‍वासमा कुन कुन गुणहरू हामीले थप्नुपर्छ?

      ४ यहोवाका प्रतिज्ञाहरूमाथिको विश्‍वास र ईश्‍वर-प्रदत स्वतन्त्रताका लागि हाम्रो कृतज्ञताले अनुकरणीय बन्‍नका लागि सक्दोभर गर्न हामीलाई प्रेरित गर्नुपर्छ। यस सम्बन्धमा पत्रुसले यसो भने: “यही कारणले तिमीहरूले सबै किसिमका प्रयत्नले तिमीहरूका विश्‍वासमा सद्‌गुण, सद्‌गुणमा बुद्धि, बुद्धिमा संयम, संयममा धीरज, धीरजमा भक्‍ति, भक्‍तिमा भ्रातृस्नेह, भ्रातृस्नेहमा प्रेम थप।” (२ पत्रुस १:५-७) यसप्रकार पत्रुस हामीलाई एउटा सूची दिन्छन्‌ जसलाई मनमा याद राख्नु हाम्रो लागि बुद्धिमानी हुनेछ। आउनुहोस्‌ यी गुणहरूलाई राम्रोसँग नियालेर हेरौं।

  • परमेश्‍वरका प्रतिज्ञाहरूमाथि विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा—१९९३ | जुलाई १
    • ८. संयम के हो, र धीरजसँग यसको के सम्बन्ध छ?

      ८ विश्‍वासका साथ सतावटहरूको सामना गर्न सक्न हाम्रो बुद्धिमा संयम थप्नु आवश्‍यक छ। “संयम” का लागि प्रयोग गरिएको युनानी शब्दले आफूलाई नियन्त्रणमा राख्न सक्ने क्षमतालाई सङ्‌केत गर्छ। परमेश्‍वरको आत्माको यस फलले विचार, शब्द र आचरणलाई नियन्त्रण गर्न हामीलाई मदत गर्छ। हामी संयमी भइ रहेमा त्यसमा हामी धीरज थप्दछौं। “धीरज”-का लागि चलाइएको युनानी शब्दको अर्थ उम्कनै नसक्ने कठिनाइलाई दुःखी अनुहार लगाएर स्वीकार्नुको सट्टा दृढतासाथ विश्‍वासी भएर बस्नु हो। आफ्नो अगाडि राखिएको आनन्दको कारण नै येशूले शूलीको कष्ट सहन सक्नुभयो। (हिब्रू १२:२) धीरजसँग सम्बन्धित ईश्‍वर-प्रदत बलले हाम्रो विश्‍वासलाई बलियो बनाउँछ र सङ्‌कष्टको समयमा आनन्द मनाउन, प्रलोभनको विरोध गर्न र सतावटको समयमा सम्झौता गर्न देखि टाढा बस्न मदत गर्छ।—फिलिप्पी ४:१३.

      ९. (क) भक्‍ति के हो? (ख) हाम्रो भक्‍तिमा किन भ्रातृस्नेह थप्नुपर्छ? (ग) भ्रातृस्नेहमा हामी कसरी प्रेम थप्नसक्छौं?

      ९ हाम्रो धीरजमा हामीले भक्‍ति—अर्थात्‌ यहोवाका लागि श्रद्धा, उपासना र सेवा थप्नुपर्छ। हामीले भक्‍तिको अभ्यास र आफ्ना मानिसहरूलाई परमेश्‍वरले कसरी व्यवहार गर्नुहुन्छ भनेर विचार गर्दैजाँदा हाम्रो विश्‍वास पनि बढ्‌दै जान्छ। यद्यपि, भक्‍ति प्रकट गर्न हामीसँग भ्रातृस्नेह हुनुपर्छ। किनभने “आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्‍वरलाई प्रेम गर्नसक्‍तैन।” (१ यूहन्‍ना ४:२०) यहोवाका अन्य सेवकहरूप्रति साँचो स्नेह प्रकट गर्न र सधैं तिनीहरूको भलाइ खोज्न हाम्रो हृदयले हामीलाई प्रेरित गर्नुपर्छ। (याकूब २:१४-१७) तर हाम्रो भ्रातृस्नेहमा प्रेम थप भनेर किन हामीलाई भनिएको छ? स्पष्टतः आफ्ना भाइहरूलाई मात्रै होइन तर पूरै मानवजातिलाई हामीले प्रेम गर्नुपर्छ भनेर पत्रुस भन्‍न खोज्दैथिए। यो प्रेम विशेषगरी सुसमाचारको प्रचार गरेर र आध्यात्मिक तवरमा मानिसहरूलाई मदत गरेर देखाइन्छ।—मत्ती २४:१४; २८:१९, २०.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने