परमेश्वरको अगमवाणीलाई ध्यान दिनुहोस्!
पत्रुसको दोस्रो पत्रको विवरणिका
यहोवाको अगमवाणी वा संदेश एउटा अन्धकारमा बलिरहेको दियोझैं हो, र साँचो मसीहीहरूले त्यसमाथि कड़ा ध्यान दिनु पर्दछ। झूटा शिक्षकहरूले जब धर्मत्यागको शिक्षाको प्रसार गर्ने प्रयास गर्दा, यो त्यत्ति सजिलो हुँदैन। तर दैवी मददबाट यो गर्न सकिन्छ। र यदि चाँड़ैने आइरहेको यहोवाको दिनमा हामीहरू वाँच्ने हो भने, परमेश्वरको वचनमा अटल भएर बस्नु पर्दछ।
प्रेरित पत्रुसको दोस्रो प्रेरित पत्रले परमेश्वरको अगमवाणीमाथि ध्यान दिनमा हामीलाई मदद गर्न सक्छ। यो पत्र पत्रुसले शायद बेबिलोनबाट ६४ ई. स. मा लेखेका थिए। आफ्नो पत्रमा परमेश्वरको सचाइलाई उच्च पार्दछन्, चोरजस्तै गरी आइपर्ने यहोवाको दिनवारे सङ्गी विश्वासीहरूलाई सतर्क गराउँछन्, दुष्टहरूका गलत कुराहरूको बहकाउमा नपर्न आफ्ना पाठकहरूलाई मदद गर्छन्। यहोवाको दिन एकदमै नजिक आइसकेको हुनाले, पत्रुसको प्रेरित वचनबाट हामीहरू धेरैनै फायदा उठाउन सक्छौं।
अगमवाणीमाथि भरोसा गर्नुहोस्
मसीहीको हैसियतमा, हामीहरूले ईश्वरीय स्वभावको प्रदर्शन गर्न मेहनत गर्नु पर्दछ र अगमवाणीमाथि ध्यान दिनु पर्दछ। (१:१-२१) निष्कृय वा निष्फल नहुने हो भने, हामीहरूले ‘विश्वासमा सद्गुण, बुद्धि, संयम, धीरज, भक्ति, भातृस्नेह, र प्रेम’ थप्नु पर्छ। जब पत्रुसले येशूको रूप बदलिएको देखे र त्यसै बेला परमेश्वरले ख्रीष्टवारे बोलेको वचन सुने, अनि अगमवाणीको वचनको बढ़ता पुष्टि भयो। (मर्कूस ९:१-८) त्यो ईश्वरीय प्रेरित वचनलाई हामीले ध्यान दिनु आवश्यक छ।
धर्मत्यागीहरूसँग होशियार
परमेश्वरको अगमवाणीय वचनमाथि वरावर ध्यान दिइरह्यौं भने, धर्मत्यागी र अरू भ्रष्ट व्यक्तिहरूबाट आफ्नो वचाउ गर्न सक्छौं। (२:१-२२) झूटा शिक्षकहरू मण्डलीमा पस्नेछन् भनेर पत्रुसले चेतावनी दिएका छन्। तर, अनाज्ञाकारी स्वर्गदूतहरू, नूहको समयको अभक्त संसार, र सदोम र गमोराका शहरहरूलाई न्याय गर्नु भएजस्तै गरेर यहोवाले ती धर्मत्यागीहरूको पनि न्याय गर्नु हुनेछ। झूटा शिक्षकहरू ईश्वर प्रदत्त अधिकारलाई तुच्छ ठान्दछन् र तिनीहरूका गलत काम कुराहरूमा कमजोरहरूलाई सामेल हुन लोभ्याउँछन्। यस्ता धर्मत्यागीहरूले “तिनीहरूलाई दिइएको पवित्र आज्ञा जानीकन पनि पछि हटनुभन्दा ता बरू धार्मिकताको मार्ग तिनीहरूलाई थाहै नभएको असल हुने थियो।”
यहोवाको दिन आउँदैछ!
यी आखिरी दिनमा अगमवाणीमाथि ध्यान दिनेहरू मध्यका हामीहरूले आफूलाई येशूको आगमनको संदेशलाई गिल्ला गर्नेहरूको प्रभावमा पर्न दिनु हुँदैन। (३:१-१८) जुन परमेश्वरले यो रीतिरिवाजको अन्त गर्ने उद्देश्य राख्नु भएको छ, उहाँलेनै जलप्रलय भन्दा पहिलेको संसारलाई नष्ट गर्नु भएको थियो भन्ने कुरा तिनीहरूले बिर्सेका छन्। यहोवाको धीरजलाई ढिलो भएको भनेर ठान्नु भएन, किनकि सबै जनाले पश्चाताप गरून् भन्ने उहाँको इच्छा छ। “यहोवाको दिनमा” यो रीतिरिवाज नष्ट हुनेछ र ‘नयाँ स्वर्ग र नयाँ पृथ्वी जसमा धार्मिकता बास गर्छ’ त्यसको ठाउँमा हुनेछ। अत:, हामीहरूले “शान्तिसाथ निष्खोट र निष्कलङ्क” हुने हर प्रयास गर्नु पर्छ। झूटा शिक्षकहरूका भ्रमबाट एकातिर नलागेर, येशू ख्रीष्टको ज्ञानमा बढ़दै जाऔं।
पत्रुसका शब्दहरूलाई हृदयमा राखौं। झूटा शिक्षकहरूबाट होशियार हुन नचुक्नुहोस्। यहोवाको दिन चाँडैनै आउँदैछ भन्ने जागरुकताकासाथ बस्नु होस्। र सदा परमेश्वरको अगमवाणीलाई ध्यान दिनुहोस्। (W91 3/15)
[पृष्ठ ३१-मा भएको पेटी/चित्र]
टारटरसमा फालियो: यहोवाले “पाप गर्ने स्वर्गदूतहरूलाई त बाँकी राख्नु भएन, तर तिनीहरूलाई नरकमा [टारटरसमा NW] हाल्नुभयो, न्यायको दिनसम्म जोगाएर अन्धकारका खाल्डाहरूमा राख्नुभयो।” (२ पत्रुस २:४) होमरको इलियाड भन्ने कथामा प्रतिनिधित्व गरिएको जस्तै दन्त्यकथाको टारटरस होइन जहाँ तल्लो स्तरका झूटा ईश्वरहरू, क्रोनस र अरू तितान आत्माहरू थुनिएका थिए। बाइबलको टारटरस एउटा गएबितेको, झ्यालखान जस्तो स्थिति हो, जुन् परिस्थितिमा नूहको दिनका अनाज्ञाकारी स्वर्गदूतहरूलाई परमेश्वरले फालि दिनुभयो। (उत्पत्ति ६:१-८; १ पत्रुस ३:१९, २०; यहूदा ६) परमेश्वरले आफ्नो परिवारबाट निष्काशित गरी दिनु भए पछि तिनीहरू आत्मिक उज्यालो बाट हट्नु परेको हुनाले तिनीहरूकलागि “अन्धकार” हुनगयो। न्यायको दिनसम्म जोगाएर राखिएका हुनाले, तिनीहरूको दृष्टिकोण अन्धकारमय मात्र छ। ख्रीष्टको हजार वर्षे शासन शुरू हुनु भन्दा पहिले शैतान र त्यसका प्रेतहरूले अनुभव गर्ने अगाध खाँदको टारटरस एउटा अग्रदूत हो। येशूको हजार वर्षे शासन पछि तिनीहरू नाश हुनेछन्।—मत्ती २५:४१; प्रकाश २०:१-३, ७-१०, १४.
[चित्र]
जेइसले निम्न स्तरका ईश्वरहरूलाई दन्त्यकथावाला टारटरसमा फालिदियो