प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बाइबलको सन्देश फेरबदल गरिने दुष्प्रयासबाट जोगियो
    प्रहरीधरहरा (जन संस्करण)—२०१६ | सङ्‌ख्या ४
      • त्रिएकको शिक्षा: बाइबल लेख्न सिद्धिएको ३०० वर्ष नबित्दै त्रिएकमा विश्‍वास गर्ने एक जना लेखकले १ युहन्‍ना ५:७ मा यो वाक्य थपे: “स्वर्गमा पिता, वचन र पवित्र आत्मा छन्‌ र ती तीन एक हुन्‌।” यो वाक्य मौलिक लेखोटमा छैन। बाइबलविद्‌ ब्रुस मेट्‌जगर यसो भन्छन्‌: “छैठौँ शताब्दीपछिका पुराना ल्याटिन तथा [ल्याटिन] भल्गेटका पाण्डुलिपिहरूमा त्यो वाक्य झन्‌ धेरै देखा पर्न थाल्यो।”

  • बाइबलको सन्देश फेरबदल गरिने दुष्प्रयासबाट जोगियो
    प्रहरीधरहरा (जन संस्करण)—२०१६ | सङ्‌ख्या ४
    • दोस्रो, अहिले प्रशस्त पाण्डुलिपिहरू उपलब्ध भएकोले पनि बाइबलविद्‌हरूलाई गल्ती भेट्टाउन सजिलो भएको छ। उदाहरणको लागि, धर्मगुरुहरूले तिनीहरूको ल्याटिन बाइबल नै मौलिक बाइबल लेखोटमा आधारित छ भनेर शताब्दियौँसम्म सिकाए। तर यस लेखको सुरुतिर उल्लेख गरिएको १ युहन्‍ना ५:७ को त्यो शङ्‌कास्पद वाक्य तिनीहरूले घुसाएका थिए। त्यो गल्ती प्रख्यात अङ्‌ग्रेजी बाइबल किङ जेम्स भर्सन-मा पनि देखियो! तर अरू पाण्डुलिपिहरू भेटिएपछि के पत्ता लाग्यो? ब्रुस मेट्‌जगरले लेखे: “[पहिलो युहन्‍ना ५:७ मा थपिएको] वाक्य ल्याटिनबाहेक अरू कुनै पुराना पाण्डुलिपिहरूमा (सिरियाक, कप्टिक, आर्मेनियन, इथियोपिक, अरबिक, स्लाभोनिक) पाइँदैन।” यसकारण किङ जेम्स भर्सन-का संशोधित संस्करणहरू र अरू बाइबलबाट त्यो शङ्‌कास्पद वाक्य हटाइएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने