प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाशको पुस्तक र तपाईं
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १५. येशूले यी “कुराहरूको गवाही दिने” र “म चाँडै आउँछु” भन्‍नुको तात्पर्य के हो?

      १५ येशूले अब अन्तमा प्रोत्साहनको यी दुई शब्द बोल्नु हुन्छ: “यी कुराको गवाही दिनेले भन्‍नुहुन्छ, ‘म चाँडै आउँछु।’” (प्रकाश २२:२०क) येशू “विश्‍वासयोग्य र साँचो साक्षी” हुनुहुन्छ। (प्रकाश ३:१४) प्रकाशको पुस्तकका दर्शनहरूबारे उहाँले साक्षी दिनु भएको हो भने ती दर्शनहरू साँचो हुनै पर्छ। उहाँ र यहोवा परमेश्‍वर दुवैले आफ्नो निकटतम आगमन अथवा उहाँहरू “चाँडै” आउनु हुने कुरामाथि जोड दिनुहुन्छ। सोही कुरा येशूले यहाँ पाचौं पटक भन्दै हुनुहुन्छ। (प्रकाश २:१६; ३:११; २२:७, १२, २०) त्यो महा वेश्‍या, राजनैतिक राजाहरू तथा “हाम्रा प्रभु [यहोवा] र उहाँको ख्रीष्टको राज्य”को विरोध गर्ने सबैजनामाथि उहाँहरू न्याय कार्यान्वयन गर्न आउनु हुनेछन्‌।—प्रकाश ११:१५; १६:१४, १६; १७:१, १२-१४.

      १६. यहोवा परमेश्‍वर र येशू चाँडै आउनु हुने कुरा थाह पाएपछि तपाईंले अब के गर्ने अठोट गरी हाल्नु पर्छ?

      १६ यहोवा परमेश्‍वर र येशूको निकटतम आगमन बारे थाह पाएपछि तपाईं अझ तीव्रतासाथ “परमेश्‍वरको त्यस दिनको बाटो” हेर्न प्रोत्साहित हुनुपर्छ। (२ पत्रुस ३:१२) शैतानको पृथ्वीको रीतिरिवाज जति नै स्थायी देखिए तापनि त्यो भ्रम मात्र हो। शैतान अधीनस्थ सांसारिक शासकहरूको स्वर्गले हासिल गरेको जस्तो देखिने सफलता क्षणिक मात्र हुनेछ। यी सबै कुराहरू बितेर जानेछन्‌। (प्रकाश २१:१) यहोवा, येशू ख्रीष्टको हातमा सुम्पनु भएको उहाँको राज्य तथा उहाँले प्रतिज्ञा गर्नु भएको नयाँ संसारमा मात्र स्थायित्व पाइनेछ। यो तथ्य कहिल्यै नबिर्सनुहोस्‌!—१ यूहन्‍ना २:१५-१७.

  • प्रकाशको पुस्तक र तपाईं
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १९. उमेर ढल्किसकेको प्रेरित यूहन्‍नाका अन्तिम शब्दहरू के हुन्‌ र तिनीहरूप्रति तपाईंको प्रतिक्रिया के छ?

      १९ अतः हामी यूहन्‍ना सँगसँगै हृदयको गहराइबाट प्रार्थना गर्दछौं: “आमिन, आउनुहोस्‌, हे प्रभु येशू।” पाको प्रेरित यूहन्‍नाले फेरि यसो भन्छन्‌: “प्रभु येशूको अनुग्रह सबै पवित्र जनहरूसँग रहोस्‌।” (प्रकाश २२:२०ख, २१) यस प्रकाशनका तपाईं सबै पाठकहरूमाथि सो कामना पूरा होस्‌। प्रकाशको महान चरमोत्कर्ष अब नजीकै छ भन्‍ने कुरामाथि तपाईंको विश्‍वास रहोस्‌। अनि तपाईंले पनि हामीसित मिलेर हार्दिक “आमिन!” भन्‍न सक्नु हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने