प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आगोले खारिएको सुन किन्‍नुहोस्‌
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २ आज लाओडिसियाको खण्डहर अलासेहिरदेखि ८८ किलोमिटर दक्षिणपूर्व डेनिज्लि नजिक पाउनु हुनेछ। प्रथम शताब्दीमा लाओडिसिया एउटा समृद्धशाली शहर थियो। मूल बाटोमा परेको यो शहर आर्थिक लेनदेन र व्यापारको एउटा खास केन्द्र थियो। त्यसको समृद्धिको एउटा थप कारण आँखामा लाउने प्रसिद्ध गाजलको बिक्री थियो र त्यहीं उत्पादित उच्चस्तरीय कालो ऊनी वस्त्रहरूका लागि पनि लाओडिसिया प्रख्यात थियो। पानीको अभाव शहरको विशेष समस्या भए तापनि टाढामा रहेको मूलको तातो पानी कुलोद्वारा शहरसम्म ल्याउने व्यवस्था मिलाइएको थियो। त्यसैले त्यहाँ लाओडिसियामा आइपुगुञ्जेलसम्म पानी मनतातो भइ सकेको हुन्थ्यो।

  • आगोले खारिएको सुन किन्‍नुहोस्‌
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ६. (क) येशूले लाओडिसियाको मण्डलीको आध्यात्मिक स्थितिको वर्णन कसरी गर्नुहुन्छ? (ख) लाओडिसियाका मसीहीहरूले येशूको कुन राम्रो उदाहरण अनुकरण गरेका छैनन्‌?

      ६ येशूले लाओडिसियाका मसीहीहरूलाई के खबर दिनुहुन्छ? स्पष्टतः उनीहरूको प्रशंसामा भन्‍नु पर्ने उहाँसित कुनै कुरा छैन। उहाँले तिनीहरूलाई सफासफी यसो भन्‍नुहुन्छ: “मलाई तिम्रा कामहरू थाह छ। तिमी नता तातो न चीसो, कि चीसो कि तातो भएता हुनेथियो! तर मनतातो भएको हुनालेनै मेरो मुखबाट म तिमीलाई थुकिदिनेछु।” (प्रकाश ३:१५, १६) प्रभु येशू ख्रीष्टबाट यसप्रकारको सन्देश तपाईंले पाउनु भएमा तपाईंको प्रतिक्रिया कस्तो हुनेथियो? के तपाईं जागरुक भएर आत्मजाँच गर्नु हुने थिएन र? अवश्‍य गर्नु हुने थियो र ती लाओडिसियालीहरू पनि जागरुक हुनु परेको छ। तिनीहरू आध्यात्मिक तवरमा सुस्त भएका छन्‌। तिनीहरूले थुप्रै कुरालाई हल्का ठानिरहेका छन्‌। (२ कोरिन्थी ६:१-सित तुलना गर्नुहोस्‌।) मसीही हुनाकारण तिनीहरूले येशूको अनुकरण गर्नुपर्छ। उहाँले यहोवाको सेवामा सधैं नै प्रचण्ड जोश प्रदर्शित गर्नुभयो। (यूहन्‍ना २:१७) उहाँ नम्र जनहरूसित सधैं नै विनयी र आत्मसंयमी हुनुहुन्थ्यो। भतभत पोल्ने दिउँसोको घाममा एक कचौरा चिसो पानी जतिकै उहाँ आरामदायी हुनुहुन्थ्यो। (मत्ती ११:२८, २९) तर लाओडिसियाका मसीहीहरूचाहिं न तातो छन्‌ न चिसो। तिनीहरूको शहरमा बगेर आउने पानी जस्तै तिनीहरू मनतातो भएका छन्‌। तिनीहरू येशूद्वारा पूर्णतया तिरस्कृत हुने अथवा ‘मुखबाट ओकलेर निकाल्ने’ योग्यका छन्‌! तर हामी भने येशूले जस्तै सधैं नै अरूहरूलाई आध्यात्मिक आराम र स्फूर्ति दिन जोशका साथ प्रयास गर्न नछाडौं।—मत्ती ९:३५-३८.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने