-
“त्यो पुस्तक खोल्न सक्ने को छ?”प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१. यूहन्नाको दर्शनमा अब के हुन्छ?
आगोका बत्तीहरू, करूबहरू, २४ जना प्राचीनहरू र ऐनाजस्तै समुद्रको माझमा यहोवाको सिंहासनको प्रभावकारी दर्शन कति शान्तिप्रद छ! कति भयङ्कर! तर यूहन्ना, यसपछि तिमी के देख्छौ? त्यस स्वर्गीय दृश्यको केन्द्रबिन्दुमै एकटक लाएर हेर्दै यूहन्ना यसो भन्छन्: “अनि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा पुस्तक मैंले देखें, त्यसमा सातवटा छापले छाप लाएको थियो। औ एउटा बलवान स्वर्गदूतलाई ठूलो सोरले यसो भनिरहेको मैले देखें, ‘त्यो पुस्तक खोल्न र त्यसका छापहरू फुकाल्नसक्ने को छ?’ औ स्वर्गमा अथवा पृथ्वीमा अथवा पृथ्वीमनि त्यस पुस्तकको छाप खोल्ने अथवा त्यसमा हेर्नसक्ने कोही थिएन। औ कोही पनि त्यो पुस्तक खोल्न अथवा त्यसमा हेर्न योग्यको नपाइएका हुनाले म खूबै रोएँ।”—प्रकाश ५:१-४.
-
-
“त्यो पुस्तक खोल्न सक्ने को छ?”प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
३ त्यो पुस्तक खोल्ने योग्यको कुनै व्यक्ति के ती बलवान स्वर्गदूतले फेला पार्न सक्लान्? किङ्गडम इन्टरलिन्यर अनुसार त्यो पुस्तक यहोवाको “दाहिने बाहुलीमा” छ। अर्थात् उहाँले त्यसलाई आफ्नो खुला हत्केलामा राख्नु भएको छ। तर त्यसलाई टिपेर खोल्ने योग्यको व्यक्ति स्वर्ग र पृथ्वीमा कतै पनि छैन जस्तो छ। पृथ्वीमनि रहेका परमेश्वरका विश्वासी मृत सेवकहरूमध्ये पनि यो ठूलो सम्मानको योग्य कोही छैन। त्यसैकारण त यूहन्ना स्पष्टतः विचलित छन्! सम्भवतः उनले अब “हुन आउने कुराहरू” सिक्न पाउने छैनन्। प्रकाशको पुस्तकमाथि यहोवाको ज्योति र सत्यताका लागि परमेश्वरका अभिषिक्त जनहरूले हाम्रो दिनमा पनि बडो उत्सुकतासाथ प्रतीक्षा गर्दै आएका छन्। तर आफ्ना मानिसहरूलाई “महान मुक्ति”-को मार्गमा डोऱ्याउनका लागि उहाँले भविष्यवाणी पूरा हुने समयमा मात्र सो ज्योति र सत्यता क्रमशः दर्साउनु भएको छ।—भजन ४३:३, ५ [ NW].
-