-
बाइबलले महामारीबारे के भन्छ?बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ
-
-
के महामारीबारे बाइबलमा भविष्यवाणी गरिएको थियो?
बाइबलमा कोभिड-१९, एड्स वा स्पेनिश फ्लूजस्ता महामारी वा अरू रोगबारे तोकेरै भविष्यवाणी गरिएको त छैन। बरु “घातक महामारी”-हरू हुनेछन् भनेर चाहिँ भविष्यवाणी गरिएको छ। (लुका २१:११; प्रकाश ६:८) यी घटनाहरू “अन्तको दिन” अर्थात् “यस युगको आखिरी समयको” चिन्ह हुन्।—२ तिमोथि ३:१; मत्ति २४:३.
-
-
बाइबलले महामारीबारे के भन्छ?बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ
-
-
प्रकाश ६:८: ‘हेर, मैले रङ्ग फुङ्ग उडेको एउटा घोडा देखेँ। त्यसमाथि सवार हुनेको नाम मृत्यु थियो अनि चिहान ठ्याक्कै तिनको पछिपछि आइरहेको थियो। घातक महामारीले मानिसहरूलाई मारून् भनेर तिनीहरूलाई अख्तियार दिइयो।’
अर्थ: चार घोडसवारबारे गरिएको भविष्यवाणीले अहिलेको समयमा महामारीहरू फैलिनेछन् भन्ने कुरा बुझ्न मदत गर्छ।
-