-
यूहन्नाले महिमावान येशूलाई देख्छन्प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
५. (क) एउटा आवाजले यूहन्नालाई के गर्न अह्राउँछ? (ख) ती “सातैवटा मण्डली” मा पत्र पठाउन किन गाह्रो थिएन?
५ कुनै कुरा देख्नअघि यूहन्नाले यो पहिलो दर्शनमा केही कुरा सुन्छन्: “तुरहीको जस्तो यसो भन्ने एउटा ठूलो आवाज मेरो पछाड़ि मैले सुनें, ‘तिमी जे देख्तछौ एउटा पुस्तकमा लेख, र सातैवटा मण्डलीहरू अर्थात् एफिसस, स्मर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया र लाओडिसियामा यो पठाऊ।’ ” ( प्रकाश १:१०ख, ११) “सातैवटा मण्डलीहरू” लाई लेखि पठाउनु भनेर यूहन्नालाई तुरहीको आवाज जतिकै प्रभावशाली र अख्तियारपूर्ण स्वरले अह्राउँछ। उनले एक पछि अर्को समाचारहरू पाउन लागेका छन्। आफूले देखेका र सुनेका कुराहरूलाई उनले प्रकाशित गर्नु परेको छ। साथै, यहाँ उल्लिखित मण्डलीहरू जम्मै यूहन्नाको दिनमा साँच्चै नै थिए। तिनीहरू सबै नै पत्मोसदेखि समुद्र पारिपट्टिको क्षेत्र, एशिया माइनरमा थिए। रोमीहरूद्वारा निर्मित पक्का सडकहरूले गर्दा एउटा मण्डलीदेखि अर्को मण्डलीमा सजिलैसित जान सकिन्थ्यो। एक जना दूतलाई एउटा मण्डलीबाट अर्को मण्डलीमा समाचारको चर्मपत्र बोकेर लैजान गाह्रो हुँदैन थियो। यी सातवटा मण्डलीहरूलाई यहोवाका साक्षीहरूको आधुनिक क्षेत्रको एक भागसित तुलना गर्न सकिन्छ।
-
-
यूहन्नाले महिमावान येशूलाई देख्छन्प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
[पृष्ठ २३-मा भएको पेटी]
ती सात मण्डलीहरू भएका शहरहरूका भग्नावशेषहरूले बाइबलको वृत्तान्तलाई पुष्टि दिन्छ। प्रथम शताब्दीका मसीहीहरूले येशूका प्रोत्साहनयुक्त समाचारहरू यहीं नै पाएका थिए र ती समाचारहरूले आज विश्वव्यापी मण्डलीलाई पनि उत्साहित पार्दछ
पर्गामम
स्मर्ना
थिआटायरा
सार्डिस
एफिसस
फिलाडेल्फिया
लाओडिसिया
-