-
एउटा पवित्र रहस्य उघारिन्छप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
ताराहरू र सामदानहरू
५. “सात तारा” र “सात सामदान” को व्याख्या येशूले कसरी गर्नुहुन्छ?
५ येशू आफ्नो दाहिने हातमा सात वटा तारा लिएर सात वटा सामदानहरूको माझमा हिंड्नु भएको यूहन्नाले देखेका छन्। (प्रकाश १:१२, १३, १६) त्यसको अर्थ येशू यहाँ बताउनु हुन्छ: “मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्य लेख। सात तारा सात मण्डलीका दूतहरू र सातवटा सामदानचाहिं सात मण्डली हुन्।”—प्रकाश १:२०.
-
-
एउटा पवित्र रहस्य उघारिन्छप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
९. (क) सात सामदानहरूले कुन कुराको प्रतिनिधित्व गर्छन् र तिनका लागि सामदानहरू किन एउटा उपयुक्त प्रतीक हुन्? (ख) यो दर्शन देखेर यूहन्नालाई सम्भवतः कुन कुराको सम्झना भएको हुन सक्छ?
९ सात वटा सामदान भनेको सात वटा मण्डलीहरू हुन् र प्रकाशको पुस्तकमा यूहन्नाले यी मण्डलीहरू अर्थात् एफिसस, स्मर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया र लाओडिसियालाई नै सम्बोधन गरेका छन्। सामदानलाई मण्डलीहरूको प्रतीकको रूपमा किन प्रयोग गरिएको हो? किनभने मसीहीहरूले यो अन्धकारमय संसारमा दुवै व्यक्तिगत र सामूहिक तवरले ‘आफ्नो ज्योति मानिसहरूको सामु चम्काउन’ परेको छ। (मत्ती ५:१४-१६) यसको अलावा सुलेमानको मन्दिर पनि सामदानहरूले सुसज्जित थियो। मण्डलीहरूलाई सामदानहरूसित तुलना गर्दा अभिषिक्त जनहरूको प्रत्येक मण्डली पनि प्रतीकात्मक रूपमा “परमेश्वरको मन्दिर” अथवा परमेश्वरको आत्माको बासस्थान जस्तै हो भन्ने कुराको सम्झना यूहन्नालाई हुन सक्थ्यो। (१ कोरिन्थी ३:१६) तर यति मात्र होइन। यहूदी मन्दिरद्वारा चित्रित महान व्यवस्था अथवा परमेश्वरको महान आत्मिक मन्दिरमा अभिषिक्त जनहरूको मण्डलीले “राजकीय पूजारीगिरी” को हैसियतमा सेवा गर्छ। यस प्रबन्धको प्रधान पूजारी येशू हुनुहुन्छ र यसको स्वर्गीय पवित्र स्थानमा चाहिं स्वयं यहोवा विराजमान हुनुहुन्छ।—१ पत्रुस २:४, ५, ९; हिब्रू ३:१; ६:२०; ९:९-१४, २४.
-