प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यूहन्‍नाले महिमावान येशूलाई देख्छन्‌
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १२. “धारिलो दुइ-धारे तरवार” को महत्त्व के हो?

      १२ “उहाँको दाहिने बाहुलीमा सातवटा ताराहरू थिए, र उहाँको मुखबाट धारिलो दुइ-धारे तरवार निस्केको थियो। उहाँको चेहरा चाहिं पूरा शक्‍तिसँग चम्केको सूर्यजस्तै थियो। जब मैंले उहाँलाई देखें तब मरेतुल्य भएर म उहाँका पाउमा घोप्टें।” ( प्रकाश १:१६, १७क) केही समयपछि यी सात ताराहरूको अर्थ स्वयं येशूले बताउनु हुन्छ। तर हेर्नुहोस्‌, उहाँको मुखबाट के निस्किरहेछ: “धारिलो दुइ-धारे तरवार।” कति सुहाउँदो प्रतीक! किनकि येशूलाई नै यहोवाका दुश्‍मनहरूमाथि उहाँको आखिरी न्यायिक फैसला घोषणा गर्न नियुक्‍त गरिएको छ। येशूको मुखबाट निस्कने निर्णायक वाणीहरूले गर्दा सबै दुष्ट जनहरू नष्ट हुनेछन्‌।—प्रकाश १९:१३, १५.

      १३. (क) येशूको उज्ज्वल र चम्किलो रूपले हामीलाई कुन कुराको सम्झना गराउँछ? (ख) येशूबारे यूहन्‍नाले गरेको सम्पूर्ण वर्णन नै के को एउटा चित्रण हो?

      १३ येशूको उज्ज्वल र चम्किलो रूपले हामीलाई मोशाको सम्झना गराउँछ। सीनै पर्वतमा यहोवाले मोशासित कुरा गरिसक्नु भएपछि मोशाको अनुहारबाट पनि ज्योति चम्केको थियो। (प्रस्थान ३४:२९, ३०) यस बाहेक झन्डै २,००० वर्षअघि आफ्ना तीन जना प्रेरितहरूको सामुन्‍ने येशूको रूप परिवर्त्तन हुँदा “उहाँको चेहरा सूर्यझैं चम्क्यो औ उहाँको वस्त्र ज्योतिझैं सेतो भयो।” (मत्ती १७:२) प्रकाशको यस दर्शनमा पनि येशू प्रभुको दिनमा हुनुहुन्छ र यहोवाको सामनेबाट आएको व्यक्‍तिको जस्तै ज्योति उहाँको अनुहारमा झल्किरहेछ। (२ कोरिन्थी ३:१८) वास्तवमा यूहन्‍नाको यो दर्शनले मुख्यतः तेजोमय महिमाको आभास दिन्छ। हिउँ जस्तो सेतो कपालदेखि लिएर अग्निमय आँखा, चम्किलो अनुहार र बल्दो पाउ जम्मै कुरा “कोही पुग्न नसक्ने ज्योतिमा” अब बस्नु हुने व्यक्‍तिको एउटा सर्वोत्तम दर्शन हो। (१ तिमोथी ६:१६) यो दृश्‍य यति यथार्थ, यति स्पष्ट छ! यो देखेर तीन छक्क परेको यूहन्‍नामाथि के असर पऱ्‍यो होला? यी प्रेरित यसो भन्छन्‌: “जब मैले उहाँलाई देखें तब मरेतुल्य भएर म उहाँका पाउमा घोप्टें।”—प्रकाश १:१७.

  • एउटा पवित्र रहस्य उघारिन्छ
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २. (क) येशूले आफूलाई को भनेर प्रस्तुत गर्नु हुन्छ? (ख) यहोवाले “म नै पहिलो र पछिल्लो हुँ” भन्‍नुको अर्थ के हो? (ग) “आदि र अन्त” भन्‍ने येशूको पदले कुन कुरातिर हाम्रो ध्यान आकर्षित गराउँछ?

      २ तथापि, हाम्रो यो धक डरमा परिणत हुनु नपर्ने हो। येशूले यूहन्‍नालाई शान्त पार्नु भएको कुरा उनी अब भन्छन्‌: “औ उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर ममाथि राख्नुभयो, ‘नडराऊ, आदि र अन्त, औ जीवित चाहिं मै हुँ।’ ” ( प्रकाश १:१७ख, १८क) यहोवा एकमात्र सर्वशक्‍तिमान परमेश्‍वर हुनुहुन्छ र यसबारे उहाँ स्वंयले यशैया ४४:६ मा यसो भन्‍नु भएको छ: “मनै पहिलो र पछिल्लो हुँ, मबाहेक अरू परमेश्‍वर छैन।”a तर येशूले आफूलाई “आदि र अन्त” भन्‍नुको अर्थ उहाँले आफूलाई महान सृष्टिकर्ता, यहोवा तुल्य पार्न खोज्नु भएको होइन। साँचो परमेश्‍वरले उहाँलाई प्रदान गर्नु भएको पदको उहाँले प्रयोग मात्र गर्नु भएको हो। तर यशैयाको पुस्तकमा यहोवाले चाँहि उहाँ एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने तथ्यलाई जोड दिनु हुँदै थियो। उहाँ नै सनातनको परमेश्‍वर हुनुहुन्छ र उहाँ बाहेक अरू कुनै परमेश्‍वर छैन। (१ तिमोथी १:१७) तर प्रकाशको पुस्तकमा येशूले आफूलाई प्रदान गरिएको पद र आफ्नो पुनरुत्थानतर्फ ध्यान आकर्षित गर्दै हुनुहुन्छ।

      ३. (क) येशू कसरी “आदि र अन्त” हुनुभयो? (ख) येशूसित “मृत्यु र पातालका साँचाहरू” छन्‌ भनेको अर्थ के हो?

      ३ अमर आत्मिक जीवनमा पुनरुत्थान पाउनु हुने “प्रथम मानव” वास्तवमा येशू नै हुनुहुन्थ्यो। (कलस्सी १:१८) साथै, स्वयं यहोवाले यसरी बिउँताउनु हुने “अन्तिम” व्यक्‍ति पनि उहाँ नै हुनुहुन्छ। यसप्रकार उहाँ “सधैंको निम्ति जीवित” हुनुहुन्छ। उहाँले अमरत्वको आनन्द उठाउन सक्नुहुन्छ। यसर्थ उहाँ आफ्नो अमर पिता जस्तै हुनुहुन्छ जसलाई “जीवित परमेश्‍वर” पनि भनिन्छ। (प्रकाश ७:२; भजनसंग्रह ४२:२) सारा मानवपरिवारका लागि चाहिं येशू स्वयं “जीवन र पुनरुत्थान” हुनुहुन्छ। (यूहन्‍ना ११:२५) त्यसैकारण यूहन्‍नालाई उहाँ यसो भन्‍नुहुन्छ: “म मरेको थिएँ, हेर, म सधैंको निम्ति जीवित छु, औ मृत्यु र पातालका साँचाहरू मसँग छन्‌।” ( प्रकाश १:१८ख) उहाँलाई यहोवाले मरेकाहरूलाई बिउँताउने अधिकार दिनु भएको छ। यसैकारण त मृत्यु र हेडिसको (चिहान) बन्धनमा परेकाहरूलाई मुक्‍त पार्ने साँचाहरू उहाँसितै छन्‌ भनेर येशू भन्‍न सक्नुहुन्छ।—मत्ती १६:१८-सित तुलना गर्नुहोस्‌.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने