प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वरको पवित्र रहस्य—त्यसको महिमावान चरमोत्कर्ष!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ८. (क) सातौं तुरहीको फुकाइले राष्ट्रहरूमाथि के कस्तो प्रभाव पार्छ? (ख) राष्ट्रहरूले कसको विरुद्धमा आफ्नो प्रकोप व्यक्‍त गर्दै आएका छन्‌?

      ८ तर अर्कोतिर, सातौं तुरहीको आवाजले जातिजातिलाई आनन्दित तुल्याउँदैन। तिनीहरूले त अब यहोवाको प्रकोप अनुभव गर्ने समय आएको छ। यूहन्‍ना भन्छन्‌: “औ जाति जातिहरू क्रोधित भए, तर तपाईंका दासहरू, अर्थात्‌ अगमवक्‍ताहरू र पवित्र जनहरू, र ठूला साना दुवै तपाईंका नाउँसँग डराउनेहरूलाई तिनीहरूका इनाम दिनालाई र पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नालाई, मरेकाहरूको इन्साफ गर्ने समय र तपाईंको क्रोध आएको छ।” (प्रकाश ११:१८) सन्‌ १९१४-देखि उप्रान्त संसारका राष्ट्रहरूले एकअर्काप्रति, यहोवाको राज्यप्रति र विशेषगरी यहोवाका दुई जना साक्षीहरूप्रति महा क्रोध प्रकट गर्दै आएका छन्‌।—प्रकाश ११:३.

      ९. जाति जातिहरूले पृथ्वीलाई कसरी बिगार्दै आएका छन्‌ र यसबारे परमेश्‍वरले के गर्ने अठोट गर्नु भएको छ?

      ९ इतिहासभरि यी राष्ट्रहरूले तिनीहरूको कहिल्यै खतम नहुने युद्धहरू र दुर्व्यवस्थाद्वारा पृथ्वीलाई बिगार्दै आएका छन्‌। तथापि, १९१४-देखि यसरी बिगार्ने प्रक्रिया तीब्र गतिले बढेको छ। लोभ र भ्रष्टाचारको परिणामस्वरूप मरुभूमिहरू फैलिएका छन्‌, खेतीगर्ने जमीन डरलाग्दो रीतिले घटेको छ। अम्ल वर्षा र रेडिओएक्टिव बादलहरूले विशाल इलाकाहरूलाई नोक्सान पुऱ्‍याएका छन्‌। खाद्यान्‍नका स्रोतहरू दूषित भएका छन्‌। हामीले स्वास लिने हावा र पिउने पानी समेत शुद्ध छैन। दुवै जमीन र पानीका जीवजन्तुका लागि औद्योगिक फोहर-मैलाहरू खतरनाक साबित भएका छन्‌। एक चोटि महाशक्‍तिहरूले आणविक विध्वंसद्वारा सारा मानवजातिलाई सखाप पार्ने धम्की दिएको थियो। तर कति खुशीको कुरा, यहोवाले “पृथ्वीका यी नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ; उहाँले पृथ्वीको दुखःद अवस्थाका लागि जिम्मेवार ती अहङ्‌कारी र ईश्‍वरहीन मानिसहरूको न्याय गर्नुहुनेछ। (व्यवस्था ३२:५, ६; भजन १४:१-३) अतः यी कुकर्मीहरूको लेखा लिन यहोवाले अब तेस्रो अभिशाप तयार पार्नुहुन्छ।—प्रकाश ११:१४.

      नष्टकारीहरूलाई धिक्कार!

      १०. (क) तेस्रो अभिशाप के हो? (ख) तेस्रो अभिशापले पिरोल्ने काम मात्र किन गर्दैन?

      १० अब आयो तेस्रो अभिशाप। त्यो आउनु पनि चाँडै आउँछ! यसै माध्यमद्वारा यहोवाले हामी बसोबास गर्ने यो सुन्दर पृथ्वी अर्थात्‌ उहाँको “पाउदान”लाई तुच्छ ठान्‍नेहरूमाथि विनाश ल्याउनु हुनेछ। (यशैया ६६:१) यो विनाशको आरम्भ परमेश्‍वरको पवित्र रहस्य अर्थात्‌ उहाँको मसीही राज्यले गर्दछ। परमेश्‍वरका शत्रुहरू विशेषगरि मसीहीजगतका धर्मगुरुहरूलाई प्रथम दुई अभिशापहरूले पिरोल्यो, खास तवरमा सलहहरूको आक्रमण र घोडचढीहरूको फौजले। तर स्वयं यहोवाकै राज्यद्वारा सञ्चालित तेस्रो अभिशापले चाहिं मानिसहरूलाई पिरोल्ने मात्र छैन। (प्रकाश ९:३-१९) यसले नष्टकारी मानव समाज र त्यसका शासकहरूलाई हटाउने त्यो अन्तिम मृत्युदायी प्रहार गर्नेछ। आरमागेडोनमा यहोवाको न्याय कार्यान्वयनको यो चरमोत्कर्ष हुनेछ। जस्तो कि दानिएल अगमवक्‍ताले भविष्यवाणी गरेका थिए: “औ ती राजाहरूको समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” महिमायुक्‍त पारिएको पृथ्वीलाई परमेश्‍वरको राज्यले एउटा उच्च पहाडले झैं ढाक्नेछ, यहोवाको सार्वभौमिकताको प्रमाणीकरण गर्नेछ र मानिसजातिलाई सदाका लागि आनन्दित तुल्याउनेछ।—दानिएल २:३५, ४४; यशैया ११:९; ६०:१३.

      ११. (क) एकपछि अर्को कुनकुन आनन्ददायी घटनाहरूको वर्णन भविष्यवाणीले गर्दछ? (ख) कुन अनुग्रहपूर्ण वरदान कसले पाएका छन्‌ र कसरी?

      ११ तेस्रो अभिशापका साथसाथै एकपछि अर्को आनन्दमय घटनाहरू पनि प्रभुको दिनमा घटनेछन्‌। किनकि ‘मरेकाहरूको इन्साफ गर्ने, उहाँका दास अगमवक्‍ताहरूलाई र उहाँको नाउँसित डराउनेहरूलाई तिनीहरूको इनाम दिने’ समय पनि यही हो। यसको अर्थ मृतावस्थाबाट पुनरुत्थान हुने समय पनि यही नै हो! पहिले नै मृत्युको निद्रामा परिसकेका अभिषिक्‍त जनहरूको पुनरुत्थान प्रभुको दिनको सुरु मै हुन्छ। (१ थिस्सलोनिकी ४:१५-१७) शेष पवित्र जनहरूले चाहिं केही समयपछि तत्कालीन पुनरुत्थान अनुभव गर्नेछन्‌। तथापि, इनाम पाउने अरूहरूमध्ये परमेश्‍वरका दासहरू, पुरातन समयका अगमवक्‍ताहरू र यहोवाको नाउँसित डराउने अन्य मानिसहरू पनि हुनेछन्‌। चाहे तिनीहरू महासङ्‌कष्ट पार गर्ने ठूलो भीडका होउन्‌ वा ख्रीष्टको हजार वर्षीय राज्यमा पुनरुत्थान पाउने “ठूलो र सानाहरू” हुन्‌। चिहान र मृत्युको साँचो परमेश्‍वरको मसीही राजासितै भएकोले अनन्त जीवन पाउने अमूल्य प्रबन्धबाट लाभ उठाउन चाहनेहरूलाई अनन्त जीवन प्रदान गर्ने बाटो पनि उहाँको राज्यशासनले नै खोलिदिनेछ। (प्रकाश १:१८; ७:९, १४; २०:१२, १३; रोमी ६:२२; यूहन्‍ना ५:२८, २९) स्वर्गीय अमरत्व होस्‌ वा पार्थिव अनन्त जीवन, यहोवाको अनुग्रहको यो एउटा वरदान हो। यसलाई पाउने प्रत्येक सदाका लागि कृतज्ञ रहनु पर्छ!—हिब्रू २:९.

  • परमेश्‍वरको पवित्र रहस्य—त्यसको महिमावान चरमोत्कर्ष!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • [पृष्ठ १७५-मा भएको पेटी]

      पृथ्वीको विनाश

      “फुटबल खेल्ने मैदान जति ठूलो एउटा जंगल प्रत्येक तीन सेकण्डमा फाँडिन्छ . . . यसरी जंगल फाँडनाले हजारौं प्रकारका बोटबिरुवा, र जनावरहरू लोप भइरहेका छन्‌।”—इलस्ट्रेटेड एटलस अफ द वर्ल्ड (ऱ्‍यान्ड मक्‌नाली)।

      “दुई शताब्दीको मानव बसोबासद्वारा विशाल तालहरू विश्‍वका सबैभन्दा ठूला ढल-निकासहरू हुन गएका छन्‌।”—द ग्लोब एन्ड मेल (क्यानाडा)।

      अप्रिल, १९८६मा युक्रेनको चर्नोबिलमा एउटा आणविक भट्टीमा भएको विष्फोटन र आग्निकाण्ड “हिरोशिमा र नागासाकीको बम काण्डपछिको सबै भन्दो उल्लेखनीय आणविक घटना साबित भयो। उक्‍त विष्फोटनले हावा, माटो र पानीमा अरू जम्मै आणविक योगहरू र विष्फोटित बमहरूले भन्दा बढी र चिरस्थायी असर पारेको छ।”—जामा; द न्यु योर्क टाइम्स.

      मिनामाटा, जापानमा रासायनिक पदार्थको कारखानाबाट मेथिलमर्क्युरी समुद्रमा खसालियो। यही रासायनिक तत्त्वद्वारा दूषित माछाहरू खाएर मिनामाटामा “दीर्घकालीन स्नायु रोग सुरु भयो। . . . प्राप्त समाचारअनुसार आजसम्म [१९८५] जापानभरि २५७८ मानिसहरू यस रोगले पीडित छन्‌।”—इन्टरनेश्‍नल जर्नल अफ एपिडेम्योलोजी.

      [पृष्ठ १७६-मा भएको पेटी]

      प्रकाश ११:१५-१९-मा उल्लिखित ठोस उद्‌घोषणाहरू पछिपछि आउने दर्शनहरूको एउटा परिचय मात्र हुन्‌। जस्तो कि काश ११:१५, १७-का महान घोषणाहरूलाई प्रकाश १२-ले थप विवरणसाथ पुनःप्रस्तुत गर्छ। अध्याय १३-मा चाहिं पृथ्वी बिगार्ने शैतानको राजनैतिक संगठनको सुरुआत र विकाशको वर्णन गरिंदा प्रकाश ११:१८-लाई पृष्ठभूमिको रूपमा चलाइएको छ। अध्याय १४ र १५-ले चाहिं परमेश्‍वरको राज्यका न्याय वचनहरूको विस्तृत विवरण दिन्छन्‌ जो सातौं तुरहीको आवाज र तेस्रो अभिशापसित सम्बन्धित छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने