ख्रिष्टियन जीवन
‘पृथ्वीले नदीलाई निल्यो’
इतिहासको दौडान थुप्रै पटक सरकारी अख्तियारवालाहरूले यहोवाका जनहरूलाई मदत गरेका छन्। (एज्रा ६:१-१२; एस्त ८:१०-१३) आधुनिक समयमा पनि “पृथ्वीले” अर्थात् यस युगका समझदार मानिसहरूले “अजिङ्गर” अर्थात् सैतानले ल्याएको सतावटको “नदीलाई” निलेको हामीले देखेका छौँ। (प्रका १२:१६) “छुटकारा दिनुहुने परमेश्वर” यहोवाले कहिलेकाहीँ मानव शासकहरूलाई चलाएर आफ्ना जनहरूलाई राहत दिनुहुन्छ। —भज ६८:२०; हित २१:१.
विश्वासको खातिर तपाईँ जेलमा पर्नुभएको छ भने नि? यहोवा तपाईँको ख्याल राख्नुहुन्छ भन्ने कुरामा कहिल्यै शङ्का नगर्नुहोस्। (उत्प ३९:२१-२३; भज १०५:१७-२०) तपाईँले आफ्नो विश्वासको इनाम पाउनुहुनेछ र तपाईँ सत्यनिष्ठ रहँदा संसारभरिका भाइबहिनीले प्रोत्साहन पाउँछन् भन्ने कुरामा ढुक्क हुनुहोस्। —फिलि १:१२-१४; प्रका २:१०.
कोरियाका भाइहरू जेलबाट मुक्त भए भन्ने भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
दक्षिण कोरियाका हाम्रा हजारौँ दाजुभाइलाई किन जेलमा हालिएको थियो?
अदालतले गरेका कस्ता निर्णयहरूले गर्दा हाम्रा केही दाजुभाइ सजाय पूरा नगरीकनै जेलमुक्त हुन सम्भव भयो?
विश्वासको खातिर अहिले जेलमा परेका संसारभरिका हाम्रा दाजुभाइलाई हामी कसरी मदत गर्न सक्छौँ?
आफूले अहिले पाइरहेको स्वतन्त्रता हामीले कसरी प्रयोग गर्नुपर्छ?
हामीले अदालतमा हासिल गरेका सबै विजयको श्रेय कसलाई जान्छ?