प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • स्वर्ग को जान्छ?
    बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
    • स्वर्गमा कति जना फेरि जीवित हुनेछन्‌?

      बाइबलमा १ लाख ४४ हजार जना स्वर्गमा जीवित हुनेछन्‌ भनेर बताइएको छ। (प्रकाश ७:४) प्रकाश १४:१-३ अनुसार प्रेषित युहन्‍नाले दर्शनमा ‘पाठोलाई सियोन डाँडामा १ लाख ४४ हजार जनासित उभिरहेको’ देखे। उक्‍त दर्शनको “पाठो”-ले फेरि जीवित हुनुभएको येसुलाई सङ्‌केत गर्छ। (युहन्‍ना १:२९; १ पत्रुस १:१९) अनि “सियोन डाँडा”-ले येसु र उहाँसितै शासन गर्ने १ लाख ४४ हजार जनाले पाएको उच्च ओहदालाई बुझाउँछ।—भजन २:६; हिब्रू १२:२२.

      येसुसँगै शासन गर्नको लागि ‘बोलाइएका र चुनिएकाहरूलाई’ “सानो बगाल” भनिएको छ। (प्रकाश १७:१४; लुका १२:३२) यसबाट येसुको सम्पूर्ण चेलाहरूको सङ्‌ख्याको तुलनामा सानो बगालमा हुनेहरूको सङ्‌ख्या थोरै छ भनेर स्पष्ट हुन्छ।—युहन्‍ना १०:१७.

  • स्वर्ग को जान्छ?
    बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
    • गलत धारणा: प्रकाशको किताबमा उल्लेख गरिएको १ लाख ४४ हजार सङ्‌ख्या शाब्दिक नभई लाक्षणिक हो।

      तथ्य: हुनत प्रकाशको किताबमा उल्लेख गरिएको केही सङ्‌ख्याहरू लाक्षणिक हुन्‌ तर केही शाब्दिक पनि हुन्‌। उदाहरणको लागि, प्रकाशको किताबमा “पाठोका १२ जना प्रेषितको १२ नाम”-बारे बताइएको छ। (प्रकाश २१:१४) आउनुहोस्‌, १ लाख ४४ हजार किन लाक्षणिक सङ्‌ख्या नभई शाब्दिक सङ्‌ख्या हो, केही प्रमाण विचार गरौं:

      प्रकाश ७:४ यसो भन्छ, “छाप लगाइएकाहरूको [अर्थात्‌ स्वर्गमा जीवन पाउने पक्का भएकाहरूको] सङ्‌ख्या . . . १ लाख ४४ हजार थियो।” यसै पदको प्रसङ्‌गमा पर्ने अर्को पदमा एउटा अर्को समूहको विषयमा पनि बताइएको छ। त्यहाँ यसो भनिएको छ, “कुनै मानिसले गन्‍न नसक्ने एउटा ठूलो भीड।” यस “ठूलो भीड”-का मानिसहरूले पनि परमेश्‍वरबाट उद्धार पाउनेछन्‌। (प्रकाश ७:९, १०) यदि १ लाख ४४ हजार शाब्दिक नभई लाक्षणिक सङ्‌ख्या हो भने यो समूह र गन्‍न नसकिने ठूलो भीडबीच कुनै भिन्‍नता हुनेछैन।a

      यसबाहेक १ लाख ४४ हजार जना मानिसहरूलाई “पहिलो फलको रूपमा मानिसहरूमध्येबाट किनिएका” भनेर पनि वर्णन गरिएको छ। (प्रकाश १४:४) “पहिलो फल” भन्‍ने अभिव्यक्‍तिले थोरैलाई मात्र चुनिएको छ भनेर बुझाउँछ। त्यसैले येसुसित मिलेर स्वर्गबाट पृथ्वीका अनगिन्ती मानिसहरूमाथि शासन गर्ने सानो समुहको मानिसहरूलाई “पहिलो फल” भन्‍ने शब्द सुहाउँछ।—प्रकाश ५:१०.

      a साथै प्रोफेसर रोबर्ट एल. थोमसले प्रकाश ७:४ मा उल्लिखित १ लाख ४४ हजार सङ्‌ख्याबारे यस्तो लेखे, “यो निश्‍चित सङ्‌ख्या हो तर प्रकाश ७:९ मा उल्लेख गरिएको सङ्‌ख्या भने गन्‍नै नसकिने सङ्‌ख्या हो। यदि १ लाख ४४ हजारलाई लाक्षणिक सङ्‌ख्या मान्‍ने हो भने प्रकाशको किताबमा उल्लेख गरिएको सबै सङ्‌ख्यालाई लाक्षणिक मान्‍नुपर्ने हुन्छ।”—रेवलेशन १-७: एन एक्सेजेटिकल कमेन्ट्री, पृष्ठ ४७४.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने