-
चाँडै हुन आउने कुराहरूप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
सञ्चार माध्यम
५. प्रेरित यूहन्नाकहाँ र त्यसपछि मण्डलीहरूकहाँ प्रकाशको पुस्तकको सञ्चार कसरी गरियो?
५ प्रकाश १:१ख, २ यसो भन्छ: “र उहाँले [ येशूले] आफ्नो दूतद्वारा आफ्ना सेवक यूहन्नाकहाँ पठाएर [ प्रकाश] थाह गराउनुभयो। तिनले परमेश्वरको वचन र येशू ख्रीष्टको साक्षी, अर्थात् तिनले देखेका सबै कुराहरूको गवाही दिए।” अतः यूहन्नाले यो प्रेरित समाचार एक जना स्वर्गदूतद्वारा पाए। त्यो समाचार उनले चर्मपत्रमा लेखेर आफ्नो समयका मण्डलीहरूलाई पठाइदिए। तर खुशीको कुरा के हो भने, परमेश्वरले आज पृथ्वीमा उहाँका एकताबद्ध सेवकहरूका झन्डै १,००,००० मण्डलीहरूको प्रोत्साहनका लागि त्यो समाचारलाई साँचेर राखिदिनु भएको छ।
६. आज आफ्ना ‘दासहरू’ का निम्ति पौष्टिक आहार प्रदान गर्दा प्रयोग गर्नु हुने माध्यमलाई येशूले कसरी चिनाउनुभयो?
६ यूहन्नाको दिनमा परमेश्वरले प्रकाशको पुस्तक एउटा खास सञ्चार माध्यमद्वारा दिनु भयो र त्यो माध्यमको पार्थिव अङ्ग यूहन्ना थिए। आज पनि आफ्ना ‘दासहरूलाई’ आध्यात्मिक पौष्टिक आहार दिने परमेश्वरको एउटा माध्यम छ। यस रीतिरिवाजको अन्तबारे आफ्नो महान भविष्यवाणी भन्नु हुँदा येशूले त्यस माध्यमको पार्थिव अङ्ग “विश्वासी र बुद्धिमान दास” हो र उसलाई “त्यसको मालिकले ठीक ठीक समयमा खान देओस् भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ” भन्नु भयो। (मत्ती २४:३; ४५-४७) यही यूहन्नावर्गलाई नै येशूले यो भविष्यवाणीको अर्थ खोल्न प्रयोग गर्नु हुन्छ।
७. (क) प्रकाशको पुस्तकमा पाइने चिह्नहरूले हामीमाथि के असर पार्नु पर्ने हो? (ख) प्रकाशको पुस्तकको दर्शनहरूको पूर्तिमा यूहन्नावर्गका केही जनहरूले कति वर्षदेखि भाग लिंदै आएका छन्?
७ प्रेरित यूहन्ना भन्छन् कि येशूले प्रकाशको पुस्तक “चिह्न” र प्रतीकहरूद्वारा प्रस्तुत गर्नुभयो। यी ज्वलन्त चिह्न र प्रतीकहरू जाँच गर्दा हृदय आनन्दले गद्गद हुन्छ। यी चिह्न र प्रतीकहरू महान कार्यहरूका चित्रण हुन्। यिनीहरूले हामीलाई भविष्यवाणी र त्यसको अर्थ अरूहरूलाई बताउने जोडदार प्रेरणा दिन्छन्। प्रकाशको पुस्तकले हाम्रो सामुन्ने अनेक सनसनीयुक्त दर्शनहरू पनि प्रस्तुत गर्दछ। तीमध्येको प्रत्येक दर्शनमा यूहन्नाले या त दर्शकको रूपमा वा साक्षात् भाग लिए। तर धेरै दशकदेखि यूहन्नावर्गका केही जनहरूले ती दर्शनहरूको पूर्तिमा भाग लिंदै आएका छन्। तिनीहरूले अरूहरूलाई पनि त्यो बताउन सकून् भनेर परमेश्वरको आत्माले यी दर्शनहरूको अर्थ खोलिदिएकोमा तिनीहरू अति नै खुशी छन्।
-
-
चाँडै हुन आउने कुराहरूप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
९. (क) यूहन्नाले जस्तै, आज यूहन्नावर्गकाहरूले पनि कस्तो मनोवृत्ति देखाएका छन्? (ख) यूहन्नाले हामीलाई आनन्दित हुने कुन मार्ग देखाउँछन्?
९ परमेश्वरले येशू ख्रीष्टद्वारा दिनु भएको समाचारबारे साक्षी दिन यूहन्ना विश्वासी भए। उनले “देखेका सबै कुराहरू”को विस्तृत विवरण दिए। यूहन्नावर्गकाहरूले पनि यस भविष्यवाणीलाई सम्पूर्ण रीतिले बुझ्न र त्यसमा भएका असल कुराहरू परमेश्वरका जनहरूलाई बताउन परमेश्वर र येशू ख्रीष्टबाट बडो उत्सुकतासाथ सहायता खोज्दै आएका छन्। अभिषिक्त मण्डली (र महासङ्कष्टमा परमेश्वरले बचाउनु हुने ठूलो भीड)को लाभका लागि यूहन्ना यसप्रकार लेख्छन्: “जसले यो अगमवाणीका वचनहरू पढ़छ, र जस जसले सुन्छन्, र त्यसमा लेखिएका कुराहरू पालन गर्छन्, तिनीहरू धन्यका हुन्, किनभने समय नजीकै छ।”—प्रकाश १:३.
-