-
महान बेबिलोनको दण्ड कार्यान्वयनप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१. स्वर्गदूतले चहकिलो रातो रङ्गको जनावरको वर्णन कसरी गर्छन् र प्रकाशको पुस्तकका प्रतीकहरूलाई बुझ्न कुन प्रकारको बुद्धि चाहिन्छ?
प्रकाश १७:३-को जङ्गली जनावरको अझ वर्णन गर्दै स्वर्गदूत यूहन्नालाई यसो भन्छन्: “ज्ञान भएको अर्थ यसैमा छ। ती सात शिर पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बस्तछ। औ तिनीहरू ती सात राजाहरू हुन्—पाँचवटाको पतन भइसक्यो, एउटाचाहिं छँदै छ, र अर्को अझै आएको छैन। औ त्यो आएपछि त्यसले अलि बेर अवश्य रहनैपर्छ।” (प्रकाश १७:९, १०) माथिबाट आउने बुद्धिको यहाँ स्वर्गदूत चर्चा गर्दैछन्। यस बुद्धिद्वारा मात्र प्रकाशको पुस्तकका चिह्नहरू बुझ्न सकिन्छ। (याकूब ३:१७) यसै बुद्धिले यूहन्नावर्ग र उनका सङ्गीहरूलाई हाम्रो समयसालको गम्भीरताबारे प्रबुद्ध बनाउँछ। चाँडै नै कार्यान्वयन हुने यहोवाको न्यायप्रति त्यसले भक्त हृदयहरूमा मूल्याङ्कन बढाउँछ र यहोवाप्रति एउटा स्वस्थकर भय विकसित गराउँछ। हितोपदेश ९:१०-ले भनेझैं: “परमप्रभुको डर मान्नु बुद्धिको प्रथम खुड्किलो हो, परम-पवित्रको ज्ञाननै समझ-शक्ति हो।” तर हामीलाई त्यस जङ्गली जनावरबारे ईश्वरीय बुद्धिले के प्रकट गर्छ?
२. रातो रङ्गको जनावरका सात शिरहरूको अर्थ के हो र कसरी “पाँचवटाको पतन भइसक्यो, र एउटा चाहिं छँदै छ?”
२ त्यो भयानक जनावरका सात शिरहरूको अर्थ सात “पर्वतहरू” अथवा सात “राजा” हुन्। शास्त्रमा यी दुवै अभिव्यक्तिहरू सरकारी शक्तिहरूलाई बोध गर्दा प्रयोग गरिन्छ। (यर्मिया ५१:२४, २५; दानियल २:३४, ३५, ४४, ४५) बाइबलअनुसार छ वटा विशेष विश्व-शक्तिहरूले परमेश्वरका जनहरूको गतिविधिमाथि प्रभाव पारे। ती विश्व-शक्तिहरू हुन्: मिस्र, अश्शूर, बेबिलोन, मादी-फारसी, युनान र रोम। यूहन्नाले प्रकाशको पुस्तक पाउञ्जेलसम्म यीमध्येका पाँच विश्व-शक्तिहरू आएर पनि गइसकेका थिए। रोम चाहिं पूरै शासनारुढ थियो। त्यसैकारण “पाँचवटाको पतन भइसक्यो, एउटाचाहिं छँदै छ” भनिन्छ। तर यी पछि आउने अझ “अर्को” बारे के नि?
-
-
महान बेबिलोनको दण्ड कार्यान्वयनप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
६. कुनकुन नयाँ साम्राज्यहरू उठ्न थाले र कुन चाहिंले सबैभन्दा बढी सफलता हासिल गऱ्यो?
६ तथापि, १५-औं शताब्दीतिर चाहिं कुनै कुनै देशहरूले पूर्णतः नयाँ साम्राज्यहरूको निर्माण गरिरहेका थिए। यीमध्येका केही नयाँ साम्राज्यवादी शक्तिहरू रोम कै प्राचीन उपनिवेशहरूमा आधारित थिए। तर तिनीहरू रोमी साम्राज्यको हाँगा चाहिं पटक्कै थिएनन्। पोर्तुगाल, स्पेन, फ्रान्स र हलैण्डले टाढा टाढाका क्षेत्रहरूमाथि आधिपत्य जमाउन थाले। तर यीमध्ये सबैभन्दा सफल चाहिं ब्रिटेन भयो। ब्रिटेन अधीनस्थ विशाल साम्राज्यमा ‘सूर्य कहिल्यै डुबेन।’ बेग्लाबेग्लै समयमा यो साम्राज्य उत्तर अमेरिका, अफ्रिका, भारत, दक्षिणपूर्व एसिया र प्रशान्त महासागरका धेरै जसो भागहरूसम्मै फैलिन सक्यो।
७. एकप्रकारको द्वैध विश्वशक्तिको आरम्भ कसरी भयो र यूहन्नाको भनाइअनुसार सातौं ‘शिर’ अथवा विश्व-शक्ति कहिलेसम्म रहने थियो?
७ उन्नाइसौं शताब्दीसम्म उत्तर अमेरिकाका केही उपनिवेशहरू ब्रिटेनबाट अलग्गिएर स्वतन्त्र संयुक्त राज्य अमेरिका बनिसकेको थियो। यो नयाँ राष्ट्र र उसको पुरानो मातृभूमिबीच केही मात्रामा राजनैतिक अमेल रही नै रह्यो। तापनि प्रथम विश्व-युद्धले दुवै राष्ट्रहरूलाई आफ्नो साझे फायदा हेर्न बाध्य तुल्यायो। यसले गर्दा दुवैबीच एउटा विशेष सम्बन्ध बलियोगरी स्थापित भयो। यसप्रकार एकप्रकारको द्वैध विश्व-शक्तिको आरम्भ भयो जसमा हाल विश्वको सबैभन्दा धनसम्पन्न देश, संयुक्त राज्य अमेरिका र विश्वको सबैभन्दा विशाल साम्राज्यको केन्द्र, ब्रिटेन सामेल थिए। यही नै हो त्यो सातौं ‘शिर’ अथवा विश्वशक्ति जो यहोवाका साक्षीहरू प्रथमतः स्थापित भएका क्षेत्रहरूमा र अन्तको समयसम्मै कायम रहनेछ। छैटौं शिरको लामो शासनकालको तुलनामा यो सातौं शिर “अलि बेर” अर्थात् सबै राष्ट्रहरूलाई परमेश्वरको राज्यले नष्ट नगरुञ्जेलसम्म रहनेछ।
-