-
महान बेबिलोनको दण्ड कार्यान्वयनप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
११. प्रतीकात्मक रातो रङ्गको जनावरमाथि भएका दशवटा सीङहरूबारे यहोवाको स्वर्गदूतले के भन्छन्?
११ प्रकाशको पुस्तकको अघिल्लो अध्यायमा छैटौं र सातौं स्वर्गदूतहरूले परमेश्वरको क्रोधका कचौराहरू खन्याएका थिए। पृथ्वीका राजाहरू अब आरमागेडोनमा परमेश्वरको युद्धका लागि एकत्रित गराइँदैछन् र ‘परमेश्वरको दृष्टिमा महान बेबिलोनको सम्झना’ गरिनेछ भनेर हामीलाई सूचित गराइएको थियो। (प्रकाश १६:१, १४, १९) अब यिनीहरूमाथि परमेश्वरको न्याय कार्यान्वयनको विस्तृत विवरण हामीलाई थाह हुनेछ। सुन्नुहोस्, यहोवाको स्वर्गदूतले यूहन्नालाई के भन्छन्: “औ तिमीले देखेका ती दशवटा सीङचाहिं दश राजाहरू हुन्, जसले अहिलेसम्म राज्य पाएका छैनन्। तर ती जनावर सँगसँगै तिनीहरूले एक घण्टाको निम्ति राजाजस्तै अख्तियार पाउँछन्। तिनीहरू एउटै मनका छन्। तिनीहरू आफ्ना शक्ति र अख्तियार त्यस जनावरलाई दिन्छन्। यिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्नुहुनेछ। किनकि उहाँ प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजा हुनुहुन्छ। बोलावट भएका, चुनिएका र विश्वासीहरू जो उहाँका साथमा आउँछन्, उनीहरूले पनि तिनीहरूलाई जित्नेछन्।’ ”—प्रकाश १७:१२-१४.
-
-
महान बेबिलोनको दण्ड कार्यान्वयनप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१३. ती दश सीङहरू “एकै मन”-का हुन्छन् भन्नुको तात्पर्य के हो र यसले गर्दा थुमाप्रति तिनीहरूले निश्चय नै कस्तो मनोवृत्ति दर्साउँछन्?
१३ आज यी दश सीङहरूलाई प्रेरणा दिने सबैभन्दा जबरदस्त शक्ति राष्ट्रियता हो। तिनीहरू सबै “एकै मनका” हुन्। तिनीहरू सबै परमेश्वरको राज्यलाई स्वीकार्नुको सट्टा आफ्नै राष्ट्रिय सार्वभौमिकतालाई कायम राख्न चाहन्छन्। यसैका लागि त तिनीहरूले राष्ट्र संघ र संयुक्त राष्ट्र संघलाई समर्थन गरेका थिए। तिनीहरू आफ्नै अस्तित्वलाई सुरक्षित राख्नका लागि विश्व शान्ति चाहन्छन्। यसैकारण तिनीहरूले निश्चय नै थुमा अर्थात् “प्रभुहरूको प्रभु र राजाहरूको महाराजा”-को विरोध गर्नेछन्। किनकि यहोवाले यी जम्मै राज्यहरूको ठाउँमा येशू ख्रीष्टको अधीनस्थ आफ्नै राज्य स्थापित गर्ने उद्देश्य रच्नु भएको छ।—दानियल ७:१३, १४; मत्ती २४:३०; २५:३१-३३, ४६.
-