-
“तिमीहरूको छुटकारा नजिक आउँदैछ!”प्रहरीधरहरा—२०१५ | जुलाई १५
-
-
१६, १७. थुमाको विवाह हुनुअघि के हुनुपर्छ?
१६ एक लाख चवालीस हजारका बाँकी सबैलाई स्वर्ग लगिएपछि “थुमाको विवाह” हुने समय नजिक आइपुगेको हुनेछ। (प्रका. १९:९) तर त्यो विवाह हुनुअघि केही हुनेछ। यो कुरा त तपाईंले बुझिसक्नुभएको छ, अभिषिक्त जनहरूलाई स्वर्ग लगिनुभन्दा केही समयअघि गोगले परमेश्वरका सेवकहरूलाई आक्रमण गर्नेछ। (इज. ३८:१६) त्यतिबेला परमेश्वरका सेवकहरू निस्सहाय देखिनेछन्। तिनीहरूले के गर्नेछन्? तिनीहरूले यहोशापातलाई दिइएको यो निर्देशन पालन गर्नेछन्: “यो लडाइँ तिमीहरूले लड्नेछैनौ। दृढ भएर पर्खिबस। परमप्रभुले तिमीहरूको उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। नडराऊ, नता आत्तियौ।” (२ इति. २०:१७) यस्तो स्थितिमा येशूले कस्तो कदम चाल्नुहुनेछ? सबै अभिषिक्त जनहरू स्वर्ग लगिसकेपछि हुने घटनाबारे प्रकाश १७:१४ मा यस्तो लेखिएको छ: “तिनीहरूले थुमासित युद्ध गर्नेछन् तर थुमा प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजा भएको हुनाले तिनीहरूमाथि विजय हासिल गर्नेछन्। साथै, बोलाइएका, चुनिएका र विश्वासीहरूले पनि विजय हासिल गर्नेछन्, जो थुमासँग छन्।” येशू आफ्ना सह-शासकसहित परमेश्वरका सेवकहरूलाई बचाउन आउनुहुनेछ।
१७ यसले आरमागेडोनको युद्ध निम्त्याउने छ। यस युद्धले यहोवाको पवित्र नामलाई उच्च पार्नेछ। (प्रका. १६:१६) त्यसबेला बाख्राखाले सबै मानिसहरू “सधैंका लागि नाश हुनेछन्।” पृथ्वीमा दुष्टको नामोनिसान हुनेछैन र ठूलो भीडले महासङ्कष्टको अन्तिम चरण वा आरमागेडोन पार गर्नेछ। त्यसपछि प्रकाशको किताबमा बताइएझैं थुमाको विवाह हुनेछ। (प्रका. २१:१-४)d पृथ्वीमा बाँचेकाहरू सबैले परमेश्वरको कृपा, उहाँको महान् प्रेम र उदारता अनुभव गर्नेछन्। साँच्चै! त्यो दिन हामीले त्यस विवाह भोजको आनन्द उठाउनेछौं। त्यो दिनको हामी उत्सुकतासाथ प्रतीक्षा गर्छौं।—२ पत्रुस ३:१३ पढ्नुहोस्।
-