-
बाइबलले उज्ज्वल भविष्यको आशा दिन्छसधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
२. बाइबलले भविष्यबारे के भन्छ?
बाइबलको प्रतिज्ञाअनुसार भविष्यमा “मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।” (प्रकाश २१:४ पढ्नुहोस्।) मानिसहरूलाई गरिबी, अन्याय, रोगबिमार र मृत्युजस्ता समस्याले गर्दा कुनै आशा नै छैन जस्तो लाग्न सक्छ। तर भविष्यमा यस्तो कुनै पनि समस्या हुनेछैन। पूरै पृथ्वी सुन्दर बगैँचा बनाइनेछ र त्यहाँ मानिसहरू सधैँभरि आनन्दित भई बाँच्नेछन् भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ।
-
-
दुष्टता र दुःखकष्ट हुनुको कारण के हो?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
७. परमेश्वरले मानिसका सबै दुःखकष्ट हटाउनुहुनेछ
यसैया ६५:१७ र प्रकाश २१:३, ४ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
मानिसहरूले भोगिरहेका सबै खराब कुराको असरलाई यहोवाले सच्याउनुहुनेछ भनेर थाह पाउँदा तपाईँ किन सान्त्वना पाउनुहुन्छ?
के तपाईँलाई थाह थियो?
सैतानले पहिलो झूट बोल्दा त्यसले परमेश्वरको निन्दा गऱ्यो। त्यसले यहोवा न्यायी र मायालु शासक हुनुहुन्न भनेर उहाँको नाममा कलङ्क लगायो। यहोवाले चाँडै दुःखकष्ट हटाउनुहुँदा आफूमाथि लगाइएको आरोपलाई झूटो साबित गर्नुहुनेछ। यसरी उहाँले आफ्नो शासन नै सर्वोत्तम छ भनेर प्रमाणित गर्नुहुनेछ। यहोवाको नाममा लागेको कलङ्क हटाउनु ब्रह्माण्डकै सबैभन्दा महत्त्वपूर्ण विषय हो।—मत्ति ६:९, १०.
-