गीत ९४
यहोवाले दिनुभएको असल वरदानप्रति सन्तुष्ट
छापिएको संस्करण
१. हरेक वरदान, हरेक इनाम,
प्याराप्यारा कुरा,
अमूल्य ती सबै कुरा,
हुन् देन यहोवाका।
बद्लिंदैनन् उनी कैल्यै
घामको छायासरी।
उनी नै हुन् महान् प्रबन्धक,
जीवनका मूल पनि।
२. चिन्ता गर्नु किन हामी
हरेक दिनको लागि?
चरोलाई त ख्वाउँछन् या’ले
नख्वाउलान् र हाम्लाई?
दिन्नौं व्यर्थ कुरालाई स्थान
जीवनमा कैल्यैनी।
हुन्छौं सन्तुष्ट या’को देनमा,
सरल जीवन बिताई।
३. जे उत्तम मानव आँखालाई
व्यर्थ त्यो याहलाई।
चलौं है अब बाँकी दिन
असल चिज पाउनलाई।
स्वर्गको हाम्रो सम्पत्ति
खोस्दैन मृत्युले।
आँखा निर्मल राख्न सिकाउँछ;
साँचो सन्तुष्टिले।
(यर्मि. ४५:५; मत्ती ६:२५-३४; १ तिमो. ६:८; हिब्रू १३:५ पनि हेर्नुहोस्)