गीत ४८
दिनहुँ परमेश्वरसित हिंड्नू
छापिएको संस्करण
(मीका ६:८)
१. हिंड्छौं दिनहुँ नम्र भई;
मायालु बुबाको हात समाई।
कस्तो असीम दया हो यो!
उनको पछि लाग्नेहरूलाई।
प्रबन्ध या’को हामीलाई;
हात थाम्न सकौं भनी।
गर्छौं त्यसैले समर्पण;
रहनेछौं अटल हामी।
२. समय हो यो इन्साफको;
अन्त संसारको छ नजिकै।
डट्नु पर्छ विरोधसामु!
तर हामी किन डराउनु?
गर्छन् याह रखवाली;
जान्छौं समीप उनैको,
गर्न सेवा सदा सदा;
पक्रिराख्नू है प्रेम उनको।
३. दिन्छन् सहयोग यहोवा;
शक्ति अनि वचन दिएर।
र मण्डलीद्वारा पनि,
साथै हाम्रो बिन्ती सुनेर।
यहोवा सँगसँगै हिंड्दा,
सक्नेछौं सही गर्न,
उतार्छौं दयाको नक्कल,
सक्नेछौं नम्र भई हिंड्न।
(उत्प. ५:२४; ६:९; १ राजा २:३, ४ पनि हेर्नुहोस्)