गीत ७७
क्षमा दिने गरौं
छापिएको संस्करण
(भजन ८६:५)
१. मायालु याहले
पठाए छोरा आफ्नो;
पापको क्षमा गर्न
अनि जड उखेल्न मृत्युको।
साँचो पश्चाताप गरेमा
पाउनेछौं क्षमा पापको;
बलिदान ख्रीष्टको सम्झँदै
नाम लिएमा उनैको।
२. पाउनेछौं है दया
या’को सिको गरेमा,
दया र माया देखाउँदै
सबलाई क्षमा गरेमा,
सहँदै सधैं अरूलाई
तीतोपना फालेमा,
आदर गर्दै भाइबैनीलाई
अटुट प्रेम देखाएमा।
३. सिकौं हामी सबै
कृपालु हुन सधैं।
इबी र रिस हुनेछैन
न हुनेछ घृणा नै।
अटुट प्रेमका खानी या’को
गर्दा जीवनमा सिको,
हुनेछौं साँच्चै क्षमाशील
हुनेछौं याह जस्तो।
(मत्ती ६:१२; एफि. ४:३२; कल. ३:१३ पनि हेर्नुहोस्)