गीत ९७
अघि बढ, राज्यका सेवक हो!
१. सुनाउँदै जाऊ राज्यको सन्देश,
सब जाति र मुलुकलाई।
प्रेम गर्दै छिमेकीलाई मनमा,
देऊ सन्देश ती सोझालाई।
या’को सेवा नै हाम्रो सम्मान्;
गर्नेछौं खुसीले यो काम।
सुनाई रहौं है राज्य सन्देश;
पारौं पवित्र उनको नाम।
(कोरस)
अघि बढी सुनाऊ राज्य सन्देश
कुना कुनामा।
अघि सरी वफादार रहनू
सधैं याहमा।
२. वफादार सेवक अघि बढौं;
ध्यान राखी पुरस्कारलाई।
चोखो अनि वफादार मनले,
पछ्याऔं येशू ख्रीष्टलाई।
सुन्नु जरुरी छ सबैले,
राज्य सन्देश यहोवाको।
प्रचार गर्छौं उनैको भरमा,
मूल उनी हाम्रो साहसको!
(कोरस)
अघि बढी सुनाऊ राज्य सन्देश
कुना कुनामा।
अघि सरी वफादार रहनू
सधैं याहमा।
३. मिलीजुली बढौं अगाडि,
शेष जन अनि ठूलो भीड।
बालक वृद्ध र नर नारी,
सत्य नै हो यिनको रीत।
सेवा यो हाम्रो छ पवित्र,
बोझिलो ठान्दैनौं कैल्यै।
असल आचरण राखी बन्छौं,
या’को अमूल्य मोतीझैं।
(कोरस)
अघि बढी सुनाऊ राज्य सन्देश
कुना कुनामा।
अघि सरी वफादार रहनू
सधैं याहमा।
(भज. २३:४; प्रेषि. ४:२९, ३१; १ पत्रु. २:२१ पनि हेर्नुहोस्)