गीत १२५
ईश्वरीय प्रबन्धलाई वफादार भई समर्थन गर्ने
छापिएको संस्करण
१. सुनाउँछन् समाचार यहोवाका जन;
बाँड्छन् राज्य सत्य, बहुमूल्य धन;
पालन गर्छन् आज्ञा याहका सबै,
रहन्छन् एकतामा वफादार हुँदै।
(कोरस)
वफादारी र आज्ञापालन हो,
चाहिएको या’लाई।
सुरक्षा अनि मायाका स्रोतलाई
देखाउँछौं वफादारी।
२. पवित्र शक्ति र दासलाई चलाउँदै;
डोऱ्याउँछन् याहले हामी सबैलाई।
खोजी रहौं सधैं याहको खुसी;
सुसमाचार सुनाऔं सधैं नै हामी।
(कोरस)
वफादारी र आज्ञापालन हो,
चाहिएको या’लाई।
सुरक्षा अनि मायाका स्रोतलाई
देखाउँछौं वफादारी।
(लूका १२:४२; हिब्रू १३:७, १७ पनि हेर्नुहोस्)