गीत ५०
समर्पणको प्रार्थना
छापिएको संस्करण
१. सुम्पेँ यो मन तिमीलाई;
गरूँ प्रेम तिम्रो ज्ञानलाई।
सुम्पेँ यो आवाज पनि;
प्रशंसा गाउन भनी।
२. सुम्पेँ यी हात र खुट्टा;
याहको इच्छा गर्न।
दिएँ आफ्नो सारा धन
तिम्रो महिमा गर्न।
३. सुम्पेँ यो जीवन सारा,
गर्न तिम्रो चाहना।
सुम्पेँ सबथोक तिमीलाई,
खुसी पार्न सदालाई।
(भज. ४०:८; युह. ८:२९; २ कोरि. १०:५ पनि हेर्नुहोस्)