गीत १५४
अटल प्रेम
१. संसारमा कतै
छैन माया यस्तो;
हेर यहाँ मुहार सबको।
पायौँ वफादार
माया गर्ने साथी;
खुसी छौँ संसारलाई छाडी।
(प्रि-कोरस)
वाचा हो यो याहको:
रहन्छ प्रेम सधैँ।
(कोरस)
प्रेम, अटल छ प्रेम।
यहोवाको यो देन।
याह हुन् प्रेम।
प्रेम, अटल छ प्रेम।
जिउने आधार हो प्रेम।
मायाको बन्धन यो
सधैँ रहोस् न्यानो।
अटल छ प्रेम।
२. जीवनमा धेरै
आउला बाधाहरू।
मनले भन्ला, ‘सक्दिनँ म।’
तर दिनुमा
छ आनन्द अपार।
बाँडिरहौँ आशा विश्वास।
(प्रि-कोरस)
वाचा हो यो याहको:
रहन्छ प्रेम सधैँ।
(कोरस)
प्रेम, अटल छ प्रेम।
यहोवाको यो देन।
याह हुन् प्रेम।
प्रेम, अटल छ प्रेम।
जिउने आधार हो प्रेम।
मायाको बन्धन यो
सधैँ रहोस् न्यानो।
(कोरस)
प्रेम, अटल छ प्रेम।
यहोवाको यो देन।
याह हुन् प्रेम।
प्रेम, अटल छ प्रेम।
जिउने आधार हो प्रेम।
मायाको बन्धन यो
सधैँ रहोस् न्यानो।
अटल छ प्रेम,
अटल छ प्रेम,
अटल छ प्रेम।