गीत ६८
राज्यको बिउ छरौँ!
छापिएको संस्करण
१. खुसीले सुनाऔँ राज्य सन्देश
स्विकारी येसुको आज्ञा।
दिन्छन् मदत डोऱ्याइ हामीलाई;
पछ्याइरहौँ उनको पाइला।
समय छँदै छरौँ सत्यको बिउ
बढ्नेछ त्यो निश्चल मनमा।
तनमन लगाऔँ अब प्रचारको काममा;
पूरा गरौँ यो हाम्रो जिम्मा।
२. कुन हदसम्म सफल हुनेछौ
तिमीमा पनि भर पर्छ।
देऊ मदत वचन सुनेकालाई
सिकाऊ सत्य पालन गर्न।
आउनेछ धेरै बाधा र विघ्न
मदत गर्नू अघि बढ्न।
जब देख्छौ, बढ्दै छन् तिनी अघि
खुसी हुनेछौ तिमी अति।
(मत्ति १३:१९-२३; २२:३७ पनि हेर्नुहोस्)