गीत १०१
एकतामा बाँधिएर गरौँ काम!
छापिएको संस्करण
१. शान्ति छैन यो संसारमा;
आयौँ याहको बगालमा;
पायौँ शान्ति र एकता।
छायो खुसी यहाँ।
गर्छौँ मोल एकताको!
मिलाप छ मीठो!
धेरै काम गर्नु छ याहको;
तर साथ पाउँछौँ येसुको।
सेवा गरौँ मिलीजुली;
आज्ञाकारी भई।
२. एकै मन होस्, गर्छौँ बिन्ती;
दया गर्न छौँ प्रयासी।
प्रेम र महिमा बढ्नेछ;
हर्षोलास छाउनेछ।
शान्ति कति शीतल;
सुखको खानी!
देखाउँदा भाइचारा साँचो;
मिल्नेछ शान्ति माथिको।
उनको मदतले एकतामा;
हाजिर छौँ सेवामा।
(मिका २:१२; सप. ३:९; १ कोरि. १:१० पनि हेर्नुहोस्)