अय्युब
१८ बिल्दद+ सुहीले जवाफमा यसो भने:
२ “तपाईँ कहिलेसम्म यसरी व्यर्थै बरबराइरहनुहुन्छ?
बुज्झकी भएर एकछिन चुप लाग्नुहोस्
अनि हामी पनि केही बोल्न पाऔँ।
४ तपाईँले रिसको झोँकमा आफैलाई टुक्राटुक्रा पारे पनि,
पृथ्वी तपाईँविना सुनसान हुन्छ र?
अथवा चट्टान आफ्नो ठाउँबाट उप्केर अन्तै जान्छ र?
५ दुष्टको ज्योति अन्धकारमा बदलिन्छ,
त्यसको आगो निभ्छ।+
६ त्यसको पालको उज्यालो अँध्यारोमा बदलिन्छ।
अनि त्यसको दियो पनि बल्न छोड्छ।
७ लम्किरहेका त्यसका पाइला धरमराउन थाल्छन्
र आफैले दिएको सल्लाहले त्यसको पतन हुन्छ।+
८ त्यसका पाइला जाल थापेको ठाउँतिर लम्कन्छन्
र त्यो त्यसमा जाकिन्छ।
९ त्यसको खुट्टा फन्दामा पर्छ
र त्यो पासोमा जाकिन्छ।+
१० त्यो हिँड्ने बाटोमा पासो थापिएको
र जमिनमा डोरी बिछ्याइएको त्यसलाई पत्तै हुँदैन।
११ त्रासले त्यसलाई चारैतिरबाट घेर्छ+
र त्यसको पाइला पछ्याउँछ।
१२ दुष्ट मानिस शिथिल हुँदै जान्छ
र विपत्ति+ देखेर त्यसका हातगोडा काँप्छन्।
१३ त्यसको शरीर कुहिन्छ।
घातक रोगले त्यसका हातगोडा कुहिएर झर्छन्।
१५ त्यसको पालमा विदेशीले अड्डा जमाउँछ,
त्यसको घरमा गन्धक बर्सिन्छ।+
१६ रूख सुकेझैँ त्यसका जराहरू सुक्छन्।
र त्यसका हाँगाबिँगा ओइलाउँछन्।
१७ त्यसको सम्झना मेटिएर जान्छ,
कसैले पनि त्यसको नाम सम्झनेछैन।
१८ त्यो उज्यालोबाट अन्धकारमा धकेलिन्छ
र त्यसलाई धर्तीबाट खेदेर धपाइन्छ।
१९ त्यसको कुल थाम्ने कोही हुनेछैन।
त्यसको घरमा त्यसको एउटै सन्तान बाँकी रहनेछैन।
२० त्यसको विनाश हुँदा पश्चिमका मानिसहरू स्तब्ध हुन्छन्
र पूर्वका मानिसहरूलाई त्रासले छोप्छ।
२१ दुष्ट मानिसको पालको गति यस्तै हुन्छ।
परमेश्वरलाई नचिन्ने मानिसको घरको हालत यस्तै हुन्छ।”