भजनसङ्ग्रह
निर्देशकलाई; “सम्झनाको लिली फूल”- अनुसार। मिक्ताम।* सिकाउनको लागि। दाउदले अराम-नहरैम र अराम-जोबाहसित लडाइँ गरेको बेला अनि योआबले नुन बेँसीमा फर्किएर १२ हजार एदोमीलाई मारेको बेला दाउदले रचेको भजन।+
६० हे परमेश्वर, तपाईँले हामीलाई त्याग्नुभयो; तपाईँले हामीलाई तहसनहस पारिदिनुभयो।+
तपाईँ हामीदेखि क्रोधित हुनुभयो तर अब हामीलाई फेरि स्विकार्नुहोस्!
२ तपाईँले धर्तीलाई हल्लाउनुभयो; तपाईँले त्यसलाई दुई फ्याक पारिदिनुभयो।
त्यसका धाँजाहरू पुरिदिनुहोस् किनकि त्यो खस्नै लागेको छ।
३ तपाईँले आफ्ना मानिसहरूलाई दुःखकष्ट झेल्न लगाउनुभयो।
तपाईँले हामीलाई मद्य पिउन लगाउनुभयो, जसले गर्दा हामी लरखरायौँ।+
४ तपाईँको भय मान्नेहरूलाई एउटा चिन्ह दिनुहोस्*
र तिनीहरू भागेर काँड छल्न सकून्। (सेला)
५ आफ्नो दायाँ हातले हामीलाई बचाउनुहोस् र जवाफ दिनुहोस्+
अनि जसलाई तपाईँ माया गर्नुहुन्छ, तिनीहरूले छुटकारा पाऊन्।
६ परमेश्वरले आफ्नो पवित्रतामा* बोल्नुभएको छ:
“म प्रफुल्लित हुनेछु अनि अंशको रूपमा सकेम दिनेछु।+
अनि सुक्कोथ बेँसी नापेर दिनेछु।+
७ जसरी मनस्से मेरो हो, गिलाद पनि मेरै हो+
अनि एप्रैम मेरो शिरको टोप* हो;
यहुदा मेरो लागि शासकको लौरो हो।+
८ मोआब मेरो हातखुट्टा धुने बाटा हो।+
एदोममा म आफ्नो जुत्ता फ्याँक्नेछु।+
अनि पलिस्तियामाथि जित हासिल गरेकोमा म खुसीले कराउनेछु।”+
१० हे परमेश्वर, तपाईँले नै हामीलाई त्याग्नुभएको होइन र?
हे हाम्रा परमेश्वर, तपाईँले हाम्रो सेनाको साथ छोड्नुभएको छैन र?+
११ हाम्रो दुःखमा हामीलाई सहायता गर्नुहोस्
किनकि उद्धारको लागि मानिसको बाटो हेर्नु बेकार छ।+