भजनसङ्ग्रह
निर्देशकलाई। दाउदले रचेको भजन। एउटा गीत।
६८ परमेश्वर उठून्, उहाँका शत्रुहरू तितरबितर होऊन्
अनि उहाँलाई घृणा गर्नेहरू उहाँको सामुन्नेबाट भागून्।+
२ हावाले धुवाँलाई उडाएझैँ तिनीहरूलाई धपाउनुहोस्;
आगोको अगाडि मैन पग्लेझैँ
दुष्टहरू परमेश्वरको सामुन्नेबाट नष्ट होऊन्।+
६ उहाँ एक्लो मानिसलाई बस्नको लागि घर दिनुहुन्छ;+
उहाँ कैदीहरूलाई मुक्त गरेर तिनीहरूलाई समृद्ध बनाउनुहुन्छ।+
७ हे परमेश्वर, जब तपाईँले आफ्ना मानिसहरूलाई डोऱ्याउनुभयो,*+
जब तपाईँ मरुभूमि हुँदै जानुभयो, (सेला)
८ तब परमेश्वरसामु धर्ती हल्लियो;+
आकाशबाट पानी बर्सियो
अनि इस्राएलका परमेश्वरको सामुन्ने यो सिनै डाँडा काँप्यो।+
९ हे परमेश्वर, तपाईँले प्रशस्त पानी बर्साउनुभयो;
क्लान्त भएका तपाईँका मानिसहरूलाई* तपाईँले नयाँ जोसले भरिदिनुभयो।
१० तिनीहरू तपाईँका पालहरूमा बसोबास गरे;+
हे परमेश्वर, तपाईँले आफ्नो भलाइको कारण गरिबहरूका निम्ति सबै जुटाइदिनुभयो।
१२ सेनाहरूका राजाहरू भाग्छन्,+ हो, तिनीहरू कुलेलाम ठोक्छन्!
अनि घरमा रहेका स्त्रीहरूले चाहिँ लुटको माल बाँड्छन्।+
१३ तिमीहरू आगोको धुनी* लगाएर सुत्नुपरे पनि
त्यहाँ तिमीहरूले चाँदीको पखेटा भएको ढुकुर पाउनेछौ
अनि त्यसका प्वाँखहरूचाहिँ निखुर* सुनका हुनेछन्।
१४ जब सर्वशक्तिमान् परमेश्वरले त्यहाँका राजाहरूलाई तितरबितर पारिदिनुभयो,+
तब जाल्मोन डाँडामा हिउँ पऱ्यो।*
१६ ए टाकुराहरू भएका पहाड हो, तिमीहरू किन त्यस डाँडाको ईर्ष्या गर्छौ,
जुन डाँडालाई परमेश्वरले आफ्नो निवासस्थानको रूपमा रोज्नुभएको छ?+
साँच्चै, यहोवा त्यहाँ सदासर्वदा बास गर्नुहुन्छ।+
१७ परमेश्वरका युद्ध-रथहरू दसौँ हजार, हजारौँ-हजार छन्।+
यहोवा सिनै डाँडाबाट पवित्र ठाउँमा आउनुभएको छ।+
१८ हे याह, हे परमेश्वर, तपाईँ माथि उक्लनुभयो,+
तपाईँले कैदीहरूलाई आफूसित लैजानुभयो,
तपाईँले वरदानको रूपमा पुरुषहरू लैजानुभयो,+
हो, तपाईँले जिद्दी मानिसहरूलाई समेत+ आफूसँगै लैजानुभयो र तिनीहरूसँग बास गर्नुभयो।
१९ यहोवाको प्रशंसा होस्, जसले दिनहुँ हाम्रो बोझ उठाउनुहुन्छ,+
उहाँ हामीलाई उद्धार गर्नुहुने साँचो परमेश्वर हुनुहुन्छ। (सेला)
२० साँचो परमेश्वर हामीलाई छुटकारा दिनुहुने परमेश्वर हुनुहुन्छ;+
ब्रह्माण्डका मालिक यहोवाले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।+
२१ हो, परमेश्वरले आफ्ना शत्रुहरूको टाउको
अनि पाप गर्न नछोड्नेहरूको केशले भरिएको शिर कुच्याइदिनुहुनेछ।+
२२ यहोवाले यसो भन्नुभएको छ: “म तिनीहरूलाई बासानबाट फर्काएर ल्याउनेछु;+
म तिनीहरूलाई समुद्रको गहिराइबाट फर्काएर ल्याउनेछु
२३ ताकि तिमीहरूको खुट्टा रगतले लतपतियोस्+
अनि तिमीहरूका कुकुरहरूका जिब्रोले शत्रुहरूको रगत चाटून्।”
२४ हे परमेश्वर, तिनीहरूले तपाईँको विजययात्रा देख्छन्;
मेरा परमेश्वर, मेरा राजा पवित्र ठाउँतर्फ अघि बढ्नुभएको देख्छन्।+
२५ गायकहरू अघिअघि हिँड्छन्, तिनीहरूको पछिपछि तारेबाजा बजाउँदै वाद्यवादकहरू आउँछन्+
अनि बीचमा खैँजडी बजाउने युवतीहरू छन्।+
२६ समुदायमा परमेश्वरको प्रशंसा गर;
हे इस्राएलको मूलबाट निस्केकाहरू हो, यहोवाको प्रशंसा गर।+
२७ त्यहाँ सबैभन्दा सानो बिन्यामिनको+ कुलले तिनीहरूलाई आफ्नो अधीनमा राखेको छ,
साथै यहुदाको कुलका शासकहरूले र हल्लाखल्ला गर्ने उसको भीडले
अनि जबुलुनको कुलका र नप्तालिको कुलका शासकहरूले पनि तिनीहरूलाई अधीनमा राखेका छन्।
२८ तिमी बलियो हुनेछौ भनेर परमेश्वरले तय गर्नुभएको छ।
हे परमेश्वर, तपाईँ जसले हाम्रो खातिर कदम चाल्नुभएको छ, आफ्नो शक्ति प्रकट गर्नुहोस्।+
३० नर्कटहरूबीच भएका जङ्गली जनावरहरूलाई हप्काउनुहोस्,
गोरुहरू+ र बाछाहरूको बथानलाई हप्काउनुहोस्,
जबसम्म जातिजातिले चाँदीका टुक्राहरू ल्याएर* तपाईँलाई दण्डवत् गर्दैनन्।
तर उहाँले युद्ध गर्न रमाउने जातिहरूलाई तितरबितर पारिदिनुहुन्छ।
३३ उहाँको लागि, जो प्राचीन समयदेखि सर्वोच्च स्वर्गमा सवार हुनुहुन्छ।+
सुन! उहाँको आवाज गर्जन्छ, उहाँको आवाज कत्ति शक्तिशाली छ।