भजनसङ्ग्रह
निर्देशकलाई; तारे बाजाहरूसहित बजाउने। आसापले रचेको भजन।+ एउटा गीत।
३ उहाँले त्यहाँ अग्निबाणहरू भाँचिदिनुभयो,
ढाल, तरबार र युद्धका हातहतियारलाई टुक्राटुक्रा पारिदिनुभयो।+ (सेला)
४ तपाईँ चमचम चम्कनुहुन्छ;*
तपाईँ सिकारले भरिएको पहाडभन्दा पनि महिमित हुनुहुन्छ।
६ हे याकुबका परमेश्वर, तपाईँको हप्कीले गर्दा
रथ हाँक्ने सिपाही र घोडा दुवै मृत्युको चिर निद्रामा परे।+
७ तपाईँ मात्र श्रद्धा र भय जगाउने परमेश्वर हुनुहुन्छ।+
तपाईँको बल्दो रिसको अगाडि को खडा रहन सक्छ र?+
९ जब परमेश्वर सजाय दिन
र पृथ्वीका नम्र जनहरूलाई बचाउन उठ्नुभयो।+ (सेला)
१० मानिसको क्रोधलाई तपाईँ आफ्नो प्रशंसामा बदल्नुहुन्छ;+
तिनीहरूको बाँकी रहेको क्रोधले तपाईँ आफूलाई महिमित तुल्याउनुहुन्छ।
११ तिमीहरूका परमेश्वर यहोवालाई भाकल गर र ती पूरा गर,+
उहाँको वरपर भएका सबैले उहाँको भय मान्दै भेटी लिएर आऊन्।+
१२ शासकहरूको घमन्डलाई उहाँले चूरचूर पार्नुहुनेछ;
पृथ्वीका राजाहरू उहाँको डरले काँप्छन्।