भजनसङ्ग्रह विषयवस्तु
सही न्यायको लागि पुकारा
“ईश्वरहरूको” बीचमा उहाँले न्याय गर्नुहुन्छ (१)
“दरिद्रहरूको इन्साफ गर” (३)
“तिमीहरू ईश्वरहरू हौ” (६)
आसापले रचेको भजन।+
८२ परमेश्वर आफ्नो सभामा विराजमान हुनुहुन्छ;+
ईश्वरहरूको बीचमा उहाँले न्याय गर्नुहुन्छ+ र यसो भन्नुहुन्छ:
२ “तिमीहरू कहिलेसम्म अन्याय गरिरहन्छौ?+
अनि कहिलेसम्म दुष्टको पक्ष लिइरहन्छौ?+ (सेला)
३ दीनदुःखी र अनाथहरूलाई न्याय दिलाओ,+
असहाय र दरिद्रहरूको इन्साफ गर।+
४ दीनदुःखी र गरिबहरूको उद्धार गर;
दुष्टको पन्जाबाट तिनीहरूलाई छुटाओ।”
५ तिनीहरू न केही जान्दछन् न केही बुझ्दछन्;+
तिनीहरू अन्धकारमा यताउता हिँडिरहेका छन्;
पृथ्वीका सबै जग हल्लिएका छन्।+
६ “मैले भनेँ, ‘तिमीहरू ईश्वरहरू हौ,+
तिमीहरू सबै सर्वोच्च परमेश्वरका छोरा हौ।
७ तर मानिसहरूको जस्तै तिमीहरूको मृत्यु हुनेछ+
अनि शासकहरूको जस्तै तिमीहरूको पनि पतन हुनेछ!’”+
८ हे परमेश्वर, उठ्नुहोस् र पृथ्वीको न्याय गर्नुहोस्+
किनकि सबै राष्ट्र तपाईँकै हुन्।