न्यायकर्ता
२ यहोवा परमेश्वरका स्वर्गदूत+ गिलगालबाट+ बोकिम गए र इस्राएलीहरूलाई भने: “मैले तिमीहरूलाई मिश्रबाट* छुटाएँ र तिमीहरूका पुर्खाहरूलाई जुन देश दिन्छु भनेर कसम खाएको थिएँ, त्यहाँ तिमीहरूलाई पुऱ्याएँ।+ अनि मैले यसो पनि भनेँ: ‘तिमीहरूसित गरेको करार म कहिल्यै तोड्नेछैनँ।+ २ तिमीहरूले पनि यस देशका मानिसहरूसित कुनै किसिमको करार नगर+ अनि तिनीहरूका वेदीहरू भत्काइदेओ।’+ तर तिमीहरूले मेरो कुरा सुनेनौ।+ तिमीहरूले किन यसो गऱ्यौ? ३ मैले तिमीहरूलाई पहिल्यै यसो भनेको थिएँ: ‘म तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउनेछैनँ;+ तिनीहरूले तिमीहरूलाई पासोमा पार्नेछन्+ र तिमीहरू बहकिएर तिनीहरूका देवताहरूलाई पुज्न थाल्नेछौ।’”+
४ यहोवा परमेश्वरको स्वर्गदूतले सबै इस्राएलीलाई यी कुरा बताएपछि तिनीहरूले रुवाबासी गर्न थाले। ५ त्यसैले तिनीहरूले त्यस ठाउँको नाम बोकिम* राखे अनि त्यहाँ यहोवा परमेश्वरको निम्ति बलि चढाए।
६ त्यसपछि यहोसुले मानिसहरूलाई बिदा गरे अनि तिनीहरू सबै आफूले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकामा गए।+ ७ इस्राएलीहरूले यहोसु बाँचुन्जेल यहोवा परमेश्वरको सेवा गरिरहे। साथै तिनीहरूले ती नाइकेहरू बाँचुन्जेल पनि उहाँको सेवा गरिरहे, जो यहोसुको मृत्युपछि पनि जीवितै थिए र जसले यहोवा परमेश्वरले इस्राएलीहरूको खातिर गर्नुभएका सबै महान् कार्य देखेका थिए।+ ८ नुनका छोरा, यहोवा परमेश्वरका सेवक यहोसुको ११० वर्षको उमेरमा मृत्यु भयो।+ ९ अनि तिनीहरूले यहोसुलाई तिम्नाथ-हेरेसमा+ गाडे। यो ठाउँ गास डाँडाको उत्तरतिर यहोसुले पैतृक सम्पत्तिको रूपमा पाएको एप्रैमको पहाडी इलाकामा पर्थ्यो।+ १० त्यस पुस्ताका सबै जना आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए। त्यसपछि एउटा नयाँ पुस्ता आयो। तिनीहरूले यहोवा परमेश्वरलाई चिनेका थिएनन् र उहाँले इस्राएलीहरूको खातिर के-के गर्नुभएको थियो भनेर पनि तिनीहरूलाई थाह थिएन।
११ इस्राएलीहरूले यहोवा परमेश्वरको नजरमा जे खराब थियो, त्यही गरे र बाआल देवताहरूलाई पुजे।+ १२ यसरी तिनीहरूले आफ्ना पुर्खाहरूका परमेश्वर यहोवालाई त्यागे, जसले तिनीहरूलाई मिश्र देशबाट छुटाएर ल्याउनुभएको थियो।+ अनि तिनीहरूले आफू वरपर बसोबास गर्ने मानिसहरूका देवताहरूलाई पुजे;+ तिनीहरूले ती देवताहरूलाई ढोगेर यहोवा परमेश्वरलाई रिस उठाए।+ १३ तिनीहरूले यहोवा परमेश्वरलाई त्यागे अनि बाआल र अस्तोरेथका मूर्तिहरूलाई पुज्न थाले।+ १४ त्यसैले यहोवा परमेश्वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई लुटेराहरूको हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूका सबै सरसामान लुटे।+ उहाँले तिनीहरूलाई वरपरका शत्रुहरूको हातमा सुम्पिदिनुभयो*+ र तिनीहरू आफ्ना शत्रुहरूसामु टिक्न सकेनन्।+ १५ यहोवा परमेश्वर तिनीहरूको विरुद्धमा उठ्नुभयो। यहोवाले भन्नुभएझैँ अनि यहोवाले तिनीहरूसित कसम खानुभएझैँ+ तिनीहरू जहाँ गए पनि उहाँले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो।+ तिनीहरूको जीवन दुःखैदुःखले भरियो।+ १६ त्यसैले तिनीहरूलाई लुटपाट गर्नेहरूबाट जोगाउन यहोवा परमेश्वरले तिनीहरूका निम्ति न्यायकर्ताहरूको प्रबन्ध गर्नुभयो।+
१७ तर तिनीहरूले ती न्यायकर्ताहरूको पनि कुरा सुन्न इन्कार गरे अनि अरू देवताहरूलाई पुजे* र ती देवताहरूलाई ढोगे। तिनीहरूले आफ्ना पुर्खाहरू हिँडेको बाटो त्याग्न कत्ति पनि बेर लगाएनन्। तिनीहरूका पुर्खाहरूले यहोवा परमेश्वरको आज्ञा पालन गरेका थिए+ तर तिनीहरूले भने त्यसो गरेनन्। १८ थिचोमिचोमा पर्दा+ र दुर्व्यवहारको सिकार हुँदा तिनीहरूले सुस्केरा हाल्थे र त्यो देखेर यहोवा परमेश्वरको मन दयाले भरिन्थ्यो।*+ त्यसैले जब-जब यहोवा परमेश्वर इस्राएलीहरूका निम्ति न्यायकर्ता नियुक्त गर्नुहुन्थ्यो,+ तब-तब यहोवा परमेश्वरले त्यस न्यायकर्तालाई साथ दिनुहुन्थ्यो अनि तिनी बाँचुन्जेल उहाँले इस्राएलीहरूलाई शत्रुहरूको हातबाट जोगाउनुहुन्थ्यो।
१९ तर न्यायकर्ताको मृत्यु भएपछि तिनीहरू आफ्ना पुर्खाहरूभन्दा झनै भ्रष्ट भएर अरू देवताको पछि लाग्थे र ती देवताहरूलाई नै ढोग्थे।+ तिनीहरू अटेरी भइरहे र तिनीहरूले गलत काम गर्न छोडेनन्। २० आखिरमा यहोवा परमेश्वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो।+ उहाँले यसो भन्नुभयो: “यस जातिले मैले तिनीहरूका पुर्खाहरूसित गरेको करार तोडेको छ+ र मेरो आज्ञा पालन गरेको छैन।+ २१ त्यसैले यहोसुको मृत्युपछि यहाँ जुन-जुन जातिहरू अझै बाँकी छन्, तिनीहरूमध्ये एउटालाई पनि म यहाँबाट खेद्नेछैनँ।+ २२ इस्राएलीहरूले आफ्ना पुर्खाहरूले जस्तै यहोवाको आज्ञा पालन गर्छन् कि गर्दैनन् भनेर जाँच्न म ती जातिहरूलाई तिनीहरूको माझबाट हटाउनेछैनँ।”+ २३ त्यसैले यहोवा परमेश्वरले ती जातिहरूलाई रहन दिनुभयो। उहाँले तिनीहरूलाई तुरुन्तै हटाउनुभएन अनि यहोसुको हातमा पनि सुम्पनुभएन।