व्यवस्था १५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+ भजन ४१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४१ आनन्दित हो त्यो मानिस, जसले दीनदुःखीहरूको ख्याल राख्छ;+यहोवाले उसलाई विपत्तिको दिनमा बचाउनुहुनेछ। भजन ११२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ उदार भई ऋण दिने मानिसको भलो हुन्छ।+ י [योद] उसले आफ्नो सबै काम न्यायसाथ गर्छ। हितोपदेश ३:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ तिमीसँग अरूलाई केही दिने क्षमता छ भनेखाँचोमा परेकालाई मदत गर्न पछि नहट।+ हितोपदेश १९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो;+ त्यसको इनाम उहाँले दिनुहुन्छ।+ मर्कुस १४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्+ र तिमीहरू उनीहरूको भलो हुने काम आफ्नो इच्छाअनुसार जहिले पनि गर्न सक्छौ तर म भने तिमीहरूसित सधैँभरि हुँदिनँ।+ प्रेषित ११:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ त्यसैले एन्टिओकका चेलाहरूले आ-आफ्नो औकातअनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत सामग्री+ पठाउने निधो गरे।+ १ तिमोथि ६:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिनीहरूलाई निर्देशन देऊ कि तिनीहरूले भलाइको काम गरून्, तिनीहरू असल काममा धनी होऊन्, उदार होऊन्, बाँडचुँड गर्न तत्पर होऊन्+ १ युहन्ना ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र?+
७ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+
७ गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्+ र तिमीहरू उनीहरूको भलो हुने काम आफ्नो इच्छाअनुसार जहिले पनि गर्न सक्छौ तर म भने तिमीहरूसित सधैँभरि हुँदिनँ।+
२९ त्यसैले एन्टिओकका चेलाहरूले आ-आफ्नो औकातअनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत सामग्री+ पठाउने निधो गरे।+
१८ तिनीहरूलाई निर्देशन देऊ कि तिनीहरूले भलाइको काम गरून्, तिनीहरू असल काममा धनी होऊन्, उदार होऊन्, बाँडचुँड गर्न तत्पर होऊन्+
१७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र?+