-
उत्पत्ति ८:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसपछि नुहले यहोवा परमेश्वरको निम्ति वेदी बनाए।+ अनि शुद्ध जनावर र शुद्ध चराचुरुङ्गीमध्ये केहीलाई+ लिएर अग्निभेटी* चढाए।+ २१ यहोवा परमेश्वरले त्यसको मीठो बास्ना लिनुभयो र खुसी हुनुभयो। त्यसपछि यहोवा परमेश्वरले मनमनै यसो भन्नुभयो: “अब म मानिसको कारण पृथ्वीलाई कहिल्यै सराप दिनेछैनँ।+ किनकि मानिसको हृदयको झुकाव सानैदेखि खराबी गर्नतर्फ हुन्छ।+ म सबै जीवजन्तुलाई फेरि कहिल्यै यसरी नाश गर्नेछैनँ।+
-
-
गन्ती १५:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “इस्राएलीहरूलाई यसो भन्नू, ‘मैले तिमीहरूलाई दिन्छु भनेको देशमा जब तिमीहरू पुग्छौ+ ३ अनि यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना आओस् भनेर+ आफ्नो गाईवस्तु वा भेडाबाख्राको बगालबाट एउटा जनावर लिएर त्यसलाई यहोवा परमेश्वरको निम्ति आगोमा बलि चढाउँछौ—चाहे त्यो अग्निभेटी,+ विशेष भाकलको बलि, स्वैच्छिकभेटी+ वा विभिन्न चाडपर्वमा चढाइने भेटी+ होस्—
-