-
गन्ती २६:६३, ६४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६३ मोसा र पुजारी एलियाजारले इस्राएलीहरूमध्येबाट नाम दर्ता गरेका सबै मानिस यी नै थिए। त्यतिखेर इस्राएलीहरू यरिहो सहरको वारिपट्टि अर्थात् यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा थिए। ६४ तर यी दर्ता भएकाहरूमा मोसा र पुजारी हारुनले सिनै निर्जनभूमिमा गणना गरेकाहरूमध्ये एक जना पनि थिएनन्।+
-
-
व्यवस्था १:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ ‘तिमीहरूका पितापुर्खालाई दिन्छु भनेर प्रतिज्ञा गरेको त्यो असल देश यो दुष्ट पुस्ताको एक जनाले पनि देख्न पाउनेछैन।+
-
-
भजन ९५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ:
“तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्।”+
-
-
भजन १०६:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ त्यसैले आफ्नो हात उठाएर उहाँले तिनीहरूबारे शपथ खानुभयो,
तिनीहरूलाई निर्जनभूमिमै नाश गर्ने शपथ खानुभयो।+
-
-
हिब्रू ३:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तिनीहरू उहाँको विश्राममा प्रवेश गर्न पाउनेछैनन् भनेर उहाँले कोसित शपथ खानुभयो? के ती अनाज्ञाकारीहरूसितै होइन र?
-