-
न्यायकर्ता ३:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ जब इस्राएलीहरूले मदतको लागि यहोवा परमेश्वरलाई पुकारे,+ तब यहोवा परमेश्वरले तिनीहरूलाई छुटकारा दिन कालेबको भाइ केनजको छोरा ओथ्निएललाई+ रोज्नुभयो।+ १० यहोवा परमेश्वरको पवित्र शक्ति ओथ्निएलमाथि आयो+ र तिनी इस्राएलीहरूका न्यायकर्ता भए। जब तिनी युद्ध गर्न गए, तब यहोवा परमेश्वरले मेसोपोटामियाका* राजा कुसन-रिसातैमलाई तिनको हातमा सुम्पिदिनुभयो। यसरी ओथ्निएलले ती राजालाई जिते।
-
-
न्यायकर्ता १४:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसैले सिमसोन आफ्ना बुबाआमासँगै तिम्नाह गए। तिनी तिम्नाहमा भएको अङ्गुर बगानमा पुगेपछि अचानक एउटा सिंह गर्जँदै तिनलाई झम्टन आयो। ६ तब यहोवा परमेश्वरको पवित्र शक्ति सिमसोनमाथि आयो+ र कसैले बाख्राको पाठोलाई हातैले दुई फ्याक पारेझैँ तिनले त्यस सिंहलाई दुई फ्याक पारिदिए। तर तिनले यसबारे आफ्ना बुबा वा आमालाई केही भनेनन्।
-
-
१ समुएल १०:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यहाँबाट तिनीहरू* डाँडामा उक्लँदै गर्दा भविष्यवक्ताहरूको एउटा टोलीसित साउलको भेट भयो। त्यही बेला परमेश्वरको पवित्र शक्ति उनीमाथि आयो+ र उनले पनि उनीहरूसँगै भविष्यवाणी गर्न थाले।+ ११ साउलले पनि अरू भविष्यवक्ताहरूसँगै भविष्यवाणी गरिरहेको देखेपछि उनलाई चिनेका मानिसहरूले यसो भन्न थाले: “किसको छोरा साउललाई के भयो? साउल पनि भविष्यवक्ता भएको हो र?”
-