८९ मोसा परमेश्वरसित कुरा गर्न भेट हुने पालभित्र जाँदा तिनले साक्षीपाटी* राखिएको सन्दुकको* ढकनीमाथिबाट आवाज आएको सुन्थे;+ ढकनीमा भएका दुई वटा करूबको*+ बीचबाट परमेश्वर तिनीसित कुरा गर्नुहुन्थ्यो।+
१५ अनि तिनले यहोवा परमेश्वरलाई यसो भन्दै प्रार्थना गरे:+ “हे इस्राएलका परमेश्वर यहोवा, जो करूबहरूभन्दा+ माथि* विराजमान हुनुहुन्छ, पृथ्वीका सारा राज्यहरूमा तपाईँ मात्र साँचो परमेश्वर हुनुहुन्छ।+ तपाईँले नै स्वर्ग र पृथ्वी बनाउनुभयो।