-
यहोसु १५:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ पश्चिमतिरको सिमानामा महासागर+ र यसका किनारा पर्थ्यो। यहुदाका सन्तानले आफ्नो घरानाअनुसार पाएको इलाकाको चारैतिरको सिमाना यही हो।
-
-
१ इतिहास १४:१३-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ पछि पलिस्तियालीहरूले फेरि त्यस बेँसीका बासिन्दाहरूलाई आक्रमण गरे।+ १४ तब दाउदले फेरि साँचो परमेश्वरसित सल्लाह मागे तर परमेश्वरले तिनलाई यसो भन्नुभयो: “उनीहरूलाई सीधै आक्रमण नगर्नू। बरु उनीहरूको पछिल्तिर जानू अनि झाडीको* अगाडिबाट उनीहरूलाई आक्रमण गर्नू।+ १५ झाडीको मास्तिर सिपाहीहरू हिँडिरहेको जस्तो आवाज सुन्नेबित्तिकै तिमीहरूले आक्रमण गर्नू किनकि ती पलिस्तियाली सेनालाई नाश गर्न साँचो परमेश्वर तिमीहरूको अघिअघि गइसक्नुभएको हुनेछ।”+ १६ दाउदले साँचो परमेश्वरले भन्नुभएझैँ गरे।+ तिनी पलिस्तियाली सेनालाई मार्दै गिबोनदेखि गेजेरसम्म पुगे।+ १७ सबै राष्ट्रमा दाउदको कीर्ति फैलियो अनि यहोवा परमेश्वरले सबै जातिको मनमा दाउदप्रतिको डर हालिदिनुभयो।+
-