पहिलो इतिहास
१४ टायरका राजा हिरामले+ दाउदकहाँ सन्देशवाहकहरू पठाए। दाउदको लागि महल बनाउन तिनले उनीहरूको साथमा देवदारका काठहरू, डकर्मीहरू* अनि सिकर्मीहरू पनि पठाए।+ २ यहोवा परमेश्वरले इस्राएलमाथि आफ्नो शासन स्थिर गराउनुभएको छ भनेर दाउदलाई थाह भयो+ किनकि उहाँले आफ्ना प्रजा इस्राएलीहरूको खातिर तिनको राज्यलाई निकै उच्च पार्नुभएको थियो।+
३ दाउदले यरुसलेममा अझ धेरै पत्नी ल्याए।+ अनि तिनका अरू छोराछोरी पनि जन्मिए।+ ४ यरुसलेममा जन्मिएका तिनका छोराहरू यी नै हुन्:+ साम्मुअ, सोबाब, नातान,+ सुलेमान,+ ५ इभार, एलिसु, एल्पेलेत, ६ नोगह, नेपेग, यापि, ७ एलिसामा, बेलियादा र एलिपेलेत।
८ दाउद पूरै इस्राएलको राजा अभिषेक भएका छन् भनेर सुनेपछि+ सबै पलिस्तियाली तिनलाई खोज्न निस्के।+ यो कुरा थाह पाएपछि दाउद उनीहरूसित लडाइँ गर्न गए। ९ अनि पलिस्तियालीहरू रेफाई बेँसीमा आए+ र त्यहाँका बासिन्दाहरूलाई आक्रमण गरिरहे। १० दाउदले परमेश्वरलाई सोधे: “के म पलिस्तियालीहरूसित लड्न जाऊँ? के तपाईँले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” तब यहोवा परमेश्वरले तिनलाई जवाफ दिनुभयो: “जाऊ, म उनीहरूलाई तिम्रो हातमा पक्कै सुम्पिनेछु।”+ ११ अनि दाउद बाआल-पेराजिम गए+ र त्यहाँ तिनले पलिस्तियालीहरूलाई मारे। तब तिनले भने: “पानीको भलले पर्खाल भत्काएझैँ साँचो परमेश्वरले मेरै हातले मेरा शत्रुहरूलाई परास्त गर्नुभएको छ।” त्यसकारण तिनीहरूले त्यस ठाउँको नाम बाआल-पेराजिम* राखे। १२ पलिस्तियालीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोडेर गए अनि दाउदले आदेश दिएपछि ती मूर्तिहरू जलाइयो।+
१३ पछि पलिस्तियालीहरूले फेरि त्यस बेँसीका बासिन्दाहरूलाई आक्रमण गरे।+ १४ तब दाउदले फेरि साँचो परमेश्वरसित सल्लाह मागे तर परमेश्वरले तिनलाई यसो भन्नुभयो: “उनीहरूलाई सीधै आक्रमण नगर्नू। बरु उनीहरूको पछिल्तिर जानू अनि झाडीको* अगाडिबाट उनीहरूलाई आक्रमण गर्नू।+ १५ झाडीको मास्तिर सिपाहीहरू हिँडिरहेको जस्तो आवाज सुन्नेबित्तिकै तिमीहरूले आक्रमण गर्नू किनकि ती पलिस्तियाली सेनालाई नाश गर्न साँचो परमेश्वर तिमीहरूको अघिअघि गइसक्नुभएको हुनेछ।”+ १६ दाउदले साँचो परमेश्वरले भन्नुभएझैँ गरे।+ तिनी पलिस्तियाली सेनालाई मार्दै गिबोनदेखि गेजेरसम्म पुगे।+ १७ सबै राष्ट्रमा दाउदको कीर्ति फैलियो अनि यहोवा परमेश्वरले सबै जातिको मनमा दाउदप्रतिको डर हालिदिनुभयो।+